विवेकशील साझाको कार्यक्रममा तनाव

Bibekasila party ma tanab n

काठमाडौं । विवेकशील साझा पार्टीको कार्यक्रममा भाँडभैलो मच्चिएको छ। राजधानीमा शनिबार आयोजित कार्यक्रममा जिल्ला नेतृत्व चयनको विषयमा नेताहरुबीच हात हालाहालको अवस्था सिर्जना भएको थियो।

विवेकशील साझाले शनिबार प्रदेश ३ का जिल्ला संयोजकहरु घोषणा कार्यक्रम राखेको थियो। पार्टी नेतृत्वले जिल्ला संयोजकहरुको घोषणा गरे लगतै युवाहरुको एउटा समूहले असन्तुष्टि जनायो।

पार्टीका शीर्ष तहका नेताहरूले रातारात जिल्ला संयोजक तोकेको, युवाहरूलाई पन्छाएर अरू पार्टी जस्तै उमेर ढल्केका, विभिन्न कानुनी मुद्दामा आरोपित र दलाल प्रवृत्तिका व्यक्तिलाई पार्टी प्रवेश गराएको, लोकतान्त्रिक विधि, मूल्य र मान्यता विपरीत जिल्ला संयोजकहरू तोकेको भन्दै युवा नेता तथा कार्यकर्ताहरूले कार्यक्रममा नाराजुलुस गरेका थिए।

टीका लगाएर नभई लोकतान्त्रिक प्रकृयाबाट नेतृत्व छान्न पाउनु पर्ने उनीहरुको माग थियो ।
प्रवक्ता सूर्यराज आचार्यले बोल्ने क्रममा आफूहरु पदका लागि राजनीतिमा नआएको बताएपछि असन्तुष्ट समूहले होहाल्ला गर्दै विरोध जनाएका थिए।

स्थिति तनावग्रस्त भएपछि संयोजक रविन्द्र मिश्रले कार्यक्रम स्थगित भएको घोषणा गरे। शुक्रबार मात्र असन्तुष्ट नेता कार्यकर्ताको कुरा चार घन्टा सुनेको र सम्बोधन गर्ने बताएको स्मरण गर्दै उनले भने, ‘यहाँ जे भएको छ, एकदमै दुःख लागेको छ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...