राप्रपा प्रजातान्त्रिकमा मच्चियो भाँडभैलो, पार्टी फुटको संगारमा

Rpp bibad thapa voice

काठमाडौं । शुक्रबार एक टेलिभिजनमा राप्रपा (प्रजातान्त्रिक) का महामन्त्री सुनीलबहादुर थापाको अन्तरवार्ता आयो । जुन अन्तरवार्ताले राप्रपा (प्रजातान्त्रिक) भित्रको अन्तरविरोधलाई सडकसम्मै ल्यायो ।

थापाको अन्तरवार्तापछि प्रवक्ता राजेन्द्र गुरुङले विज्ञप्ती जारी गरेर सो अन्तरवार्ता पार्टीको आधिकारिक नभएको स्पष्टीकरण दिए । गुरुङले सो धारणाको भ्रममा नरहन आग्रह पनि गरे ।

शुक्रबार नै राप्रपाका अध्यक्ष कमल थापाले राप्रपा प्रजातान्त्रिकसँग वार्ता स्थगन गर्न निर्देशन वार्ता समितिलाई निर्देशन दिए ।

‘आज देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने क्रममा समान विचारधारा भएका शक्तिहरु बीच एकताको सम्भावना बारे छलफल अघि बढाउन गठित वार्ता समितिलाई हिन्दु राष्ट्र र राजसंस्था बारे प्रष्ट र आधिकारिक धारणा एवं प्रतिबद्धता नआएसम्म राप्रपा प्रजातान्त्रिकसँग वार्ता स्थगन गर्न निर्देशन दिनुभएको छ’ प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले भने ।

राप्रपा (प्रजातान्त्रिक) का सहमहामन्त्री सुरेश आचार्यले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै महामन्त्री थापाको अन्तरवार्तामा बोलिएको कुरालाई दुभाग्र्यपूर्ण भनेका छन् ।

विचारमै अलमल
पार्टी प्रवक्ता राजेन्द्र गुरुङले गणतन्त्र र संघीयताका पक्षमा महामन्त्री सुनीलबहादुर थापाले दिएको अभिव्यक्तिको विरोध गर्दै शुक्रबार विज्ञप्ति निकालेर पार्टी हिन्दू राष्ट्रकै पक्षमा रहेको उल्लेख गरे ।

‘राप्रपा (प्रजातान्त्रिक) को केन्द्रीय कार्य समितिको बैठकबाट ‘सर्वधर्म समभाव’ सहितको सनातन हिन्दू राष्ट्र एवं सर्वद्र्धनवादी उदारवादको राजनीतिक सिद्धान्तप्रति पार्टी पूर्ण प्रतिबद्ध रहेको कुरा राप्रपा (प्रजातान्त्रिक) सबैमा स्पष्ट पार्न चाहन्छ,’ गुरुङको विज्ञप्तिमा उल्लेख छ ।

राप्रपा प्रजातान्त्रिकको मूल सिद्धान्त भनेको राजसंस्था र हिन्दु राज्यको स्थापना हो । तर, एकाथरी नेताहरु गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको पक्षमा छन् । त्यसैको अभिव्यक्ति हो थापाको भनाई पनि ।

थापाको भनाई पार्टी धारणाविरूद्ध र पार्टीको विधान, चुनावी घोषणापत्र र केन्द्रीय कार्य समितिको बैठकबाट सर्वसम्मतीले पारित राजनीतिक नीतिपत्रको अक्षर र भावनाको पूर्ण विपरित छ ।

अहिले पनि राप्रपा प्रजातान्त्रिकमा धर्म निरपेक्षता, राजसंस्था, संघीयता लगायतका विषयमा सबै नेताहरु एकमत छैनन् । पछिल्ला दिनमा त प्रष्ट रुपमा दुईधारमा पुगेका छन् । बरु कमल थापाले नेतृत्व गरेको राप्रपा र डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको एराप्रपा (राष्ट्रवादी) विचारमा स्पष्ट छन् ।

थापा र लोहनीको पार्टी फरकफरक भए पनि हिन्दु राज्य र धर्म निरपेक्षताको सवालमा एक ठाउँमा छन् । यदी राप्रपा प्रजातान्त्रिकले थापाले भने अनुसार राजतन्त्र र हिन्दू राष्ट्रबारे प्रष्ट धारणा नदिए एकता नहुने पक्कापक्की छ ।

पार्टीका उपाध्यक्ष केशरबहादुर विष्ट तथा नेताहरू राजाराम श्रेष्ठ, विष्णु भट्टराई, कमल शर्मा, रामकुमार सुब्बा, सुरेश आचार्य, सगुन लावती लगायतका नेताहरु राजतन्त्र र हिन्दू राष्ट्रका पक्षमा छन् ।

महामन्त्री सुनीलबहादुर थापा तथा नेताहरू बाबुराम बस्नेत, सुरेन्द्र केसी, मीना स्वर्णकार, किरण गिरी, विष्णुविक्रम थापा, नानीमैया आचार्य लगायतका नेताहरु भने गणतन्त्र र संघीयताका पक्षमा छन् ।

अलमलमा राणा
राप्रपा प्रजातान्त्रिकभित्र दुई धारको राजनीतिक अघि बढिसकेको छ । तर, यो बेला पार्टी अध्यक्ष पशुपतिशमशेर राणा भने विदेश शयरमा छन् ।
उनले अहिलेसम्म पार्टीभि देखा परेको दुई लाइन संघर्षबारे मुख खोल्न सकेका छैनन् । उनले अहिलेसम्म कुनै पनि लाइन लिएका छैनन् । यसलाई कतिपय नेताहरुले फाइदाको रुपमा लिएको पार्टीभित्रै चर्चा चलेको छ ।

‘अध्यक्ष ज्यू नबोल्दा केही व्यक्तिहरुले मनोपली गर्न पाएका छन्’ प्रवक्ता राजेन्द्र गुरुङ भन्छन्, ‘अब पार्टी अध्यक्षले केही न केही एक्सन लिनै पर्छ ।’

दोषको भारी थापालाई
निर्वाचन आयोगमा दर्ता भएको एक वर्ष पनि नपुग्दै पार्टीमा खैलाबैचा मच्चिनुको एउटै मात्र कारण भनेको नेताहरुको स्वार्थ ।

सहमहामन्त्री आचार्यले भने, ‘महामन्त्री सुनिलबहादुर थापाले राप्रपा (प्रजातान्त्रिक) लाई नै अर्को पार्टीमा बिलय गर्ने र त्यो षडयन्त्रमा विफल भएमा आफैं अर्को पार्टीमा विलिन हुने चलखेल सुरू गरेको राप्रपा (प्रजातान्त्रिक) का धेरै नेता/कार्यकर्ताले गरेको आशंकालाई थापाले पुष्टि गरेका छन् ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) निर्वाचन आयोगमा दर्ता भएको एक वर्ष हुन लागेको छ । २०७४ साउन २३ मा दर्ता भएको यो पार्टीका तीन जना नेता भदौं २६ मा सपथ खाँदै सरकारमा सामेल भए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा प्रजातान्त्रिकका राप्रपा प्रजातान्त्रिकबाट बोहोरा विज्ञान, विक्रम पाण्डे वन र सुनीलबहादुर थापा उद्योगमन्त्री बनाएका थिए भने रेशम लामाले उद्योग राज्यमन्त्री बनेका थिए ।

एकतामै ठेस
थापाको भनाई आएपछि तीन वटा पार्टी एकताको कुरा कुरैमा सीमित हुने देखिएको छ । कतिपयले थापाको भनाईप्रति राप्रपा अध्यक्ष कमल थापा अति नै रुष्ट बनेका छन् । त्यही भएर हतारमा ‘प्रजातान्त्रिकले आफ्नो धारणा स्पष्ट नगरेसम्म वार्ता वार्ता प्रक्रिया नै स्थगन गर्न निर्देशन दिए ।

राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठ, राप्रपा प्रजातान्त्रिकका प्रवक्ता राजेन्द्र गुरुङ र एराप्रपा (राष्ट्रवादी) का सहप्रवक्ता जनकराज पाठकले थापाका भनाईले तीन पार्टीबीचको एकतामा भाँजो हालेको बताउँछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...