प्रधानन्यायाधीशको सुनुवाई आज, टुंगो नलागे के हुन्छ ?

Deepak raj joshi

काठमाडौं । प्रधान न्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम अनुमोदन गर्ने/नगर्ने विषयमा निर्णय गर्न आज पनि संसदीय सुनुवाई विशेष समितिको बैठक बस्दैछ । तर, नेताहरुको अभिवयक्ति सुन्दा उनको नाम सुनुवाई समितिबाट अनुमोदन हुने सम्भावना भने निकै कम छ ।

समितिले जोशीको सुनवाई गरेको नौ दिन बितिसक्दा पनि जोशीको नाम अनुमोदन गर्ने अथवा नगर्ने भन्ने विषयमा निर्णय गर्न सकेको छैन । जोशीको कार्यसम्पादन चित्तबुझ्दो नभएको, नक्कली शैक्षिक योग्यताको विवादमा मुछिएको जस्ता कारणले नेकपाका सांसद जोशीको नाम अनुमोदन नगर्ने तयारीमा छन् ।

प्रमुख प्रतिपक्षी कांग्रेसले भने न्यायालयसम्बन्धी विषयमा हचुवाका भरमा निर्णय गर्न नहुने भन्दै जोशीको नाम पारित गर्नुपर्ने वा छानविन समिति बनाउनुपर्ने अडानमा छ ।

आज बस्ने बैठकले जोशीको नाम अनुमोदन गर्ने–नगर्ने विषयमा टुंगो लगाउने समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले बताएका छन् ।समितिमा रहेका सत्तारुढ र प्रतिपक्षी सांसदबीच कुरो मिल्न नसक्दा पटक-पटक बसेका बैठक विना निर्णय स्थगित हुँदै आएका छन् ।

समितिमा १५ जना सांसद छन् । जसमा नेकपाका ९, कांगेसका ४, फोरमका १ र राजपाका १ सांसद छन् । दुईतिहाई अर्थात् १० जना सांसद्ले जोशीको नाम अस्वीकार गर्न सक्छन् ।

तत्कालिन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली चैत्र १ गते बर्खास्त भएपछि अहिलेसम्म सर्वोच्च अदालत प्रधानन्यायाधीशविहिन छ ।

प्रतिपक्षी कांग्रेसले जोशीको नाम अनुमोदन गर्नुपर्ने अडान लिइरहेको र सत्तापक्षले भने अनुमोदन नगर्ने अवस्थामा जोशीमाथि महाअभियोगको सामना गर्नुपर्ने अवस्था पनि आउन सक्छ । यद्यपी उनले राजीनामा दिएर सेफ ल्याण्डिङ गर्न पनि सक्छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...