मायाप्रेममा आधारित ‘प्रेमनाथ’का कलाकारको टुंगो

Prem naath

काठमाडौं । अभिनेता गणेश बेल्वासेले निर्माण गर्न लागेको फिल्म ‘प्रेमनाथ’ का कलाकारहरू छनौट भएका छन् ।

छनौट भएका कलाकारहरूसँग काठमाडौंमा लिखित सहमति भएको छ । ‘प्रेमनाथ’मा नीर शाह, मोहनप्रसाद निरौला, सुरवीर पण्डित, कमल गाउँले, राज थापा, मियुन जिरेल, मोनालिसा विष्ट, शेखर मल्ल, सुरज अधिकारी, पूजा रिजाल लगायतसँग लिखित सहमति गरिएको बेल्वासेले जानकारी दिए ।

‘मायाप्रेममा आधारित बन्न लागेको ‘प्रेमनाथ’का कलाकारको टुंगो लागिसकेको छ । लिखित सहमति भइसकेको छ’, उनले भने, ‘छिट्टै छायाँकनमा जाने तयारीमा छौं ।’

‘प्रेमनाथ’को छायाँकन काठमाडौंका साथै प्यूठान, दाङ, लुम्बिनीसहितका स्थानहरूमा गरिनेछ । काठमाडौंमा थोरै मात्रै दृष्य रहेको निर्देशक बेल्वासेले बताए । ‘प्रेमनाथको कथाअनुसार विभिन्न मठमन्दिरका साथै पर्यटकीयस्थलहरूमा छायाँकन गरिनेछ,’ बेल्वासेले भने, ‘फिल्मको कथा रोचक र रोमाञ्चित छ ।’

फिल्ममा लगानी राजु केसी र गुहेश्वरी बेल्वासेको छ । संगीत भने सन्तोष श्रेष्ठ, भुपु पाण्डे र एसडी योगीको छ । ‘प्रेमनाथ’को कथा बेल्वासे आफैले लेखेका छन् ।

‘प्रेमनाथ’ बेल्वासेको दोस्रो फिल्म हो । यसअघि बेल्वासेले ‘उहिले बाजेको पालामा’ फिल्म निर्माण गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...