जनजातिको कार्यक्रममा प्रचण्डले भने ‘म प्रचण्ड नै हुँ, पुष्पकमल दाहाल बनेको छैन’

Prachanda 2

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुलाई पुष्पकमल दाहाल भन्दा प्रचण्ड नै मन पर्ने बताएका छन् ।

आदिवासी जनजाति दिवसका सन्दर्भमा बिहिबार काठमाडौंमा आयोजित ‘नेपालमा संघीयता कार्यान्वयन र जातीय पहिचानको सवाल’ विषयक अन्तरक्रियाम बोल्दै प्रचण्डले आफु अझै पुष्पकमल दाहाल बनिनसकेको दाबि गरेका हुन्।

‘पुष्पकमल दाहाल नामसँग बाहुन जोडिएको तर प्रचण्ड नामसँग विभिन्न जात, जनजाति, क्षेत्र, वर्ग समुदायको संवेदना जोडिएको छ ।’ उनले भने, ‘तर यहाँका ठुला मिडिया र एउटा बर्गले मलाई प्रचण्ड भन्दैन, प्रचण्डबाट झार्न चाहान्छ  । 

उनले प्रचण्ड बन्ने, पहिचान कायम गर्ने लगायतका विषयसँग जोडिएको लडाई अझै नटुंगिएको पनि दाबी गरे । अहिलेका नेताहरुमध्ये सबैभन्दा बढी बोझ आफ्नो काँधमा रहेको भन्दै उनले अरु नेताका लागि ‘आए आँप गए झटारो’ जस्तै भएको बताए ।

प्रचण्डले विगतका आन्दोलन र तिनले स्थापित गरेका मान्यताहरु अघि बढाउने बोझ आफुलाई जति अरु नेतालाई नभएको दावी गरेका हुन्। उनले भने, नेपालमा भएका नेताहरु मध्ये सवैभन्दा धेरै बोझ कसैलाई छ भने मलाई नै हो । अरुलाई त के छ र ‘आए आँप गए झटारो ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...