अव्यवस्थित विद्युत पोल सात दिनभित्र हटाउन प्रधानमन्त्रीको दिए कडा निर्देशन

Kp oli1 5

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सडकका अव्यवस्थित पोल सात दिनभित्र हटाउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

उनले सडकमा अव्यवस्थित पोलहरुलाई एक हप्ताभित्र व्यवस्थित गर्न र सम्भव भएसम्म तारलाई अन्डरग्राउन्ड गर्न पनि सम्बन्धित मन्त्रीलाई निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले सडकका खाल्डखुल्डी पुर्ने, सडक संकेत मिलाउने र सडक बत्तिको व्यवस्था मिलाउन पनि निर्देशन दिएका प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबाबु कुँवरले जानकारी दिए । प्रधानमन्त्रीले पूर्वाधार विकास एवं शान्तिसुरक्षाको अवस्थाबारे सम्बन्धित मन्त्रालयका मन्त्रीह?सँग छलफल गरी यस्तो निर्देशन दिएका हुन् ।

त्यस क्रममा उनले कलंकी–नागढुंगा र चावहिल–जोरपाटी सडक लगायतका करिडोरलाई उच्च प्राथमिकतामा राखि निर्धारित समय अर्थात भदौ १५ भित्र नै कालोपत्रे गरिसक्न पनि निर्देशन दिएका छन् । उनले मेलम्चि खानेपानी आयोजनाको पाईप तत्काल बिच्छ्याउन भनेका छन् ।


प्रधानमन्त्री ओलीले विद्युत, टेलिफोन, खानेपानी, ढल निकास, सडक, सहरी विकास लगायतका काममा समन्वय गरेर काम अघि बढाउन पनि निर्देशन दिएका छन् ।

 छलफलमा गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार मन्त्री रघुबीर महासेठ, खानेपानी मन्त्री बीना मगर, सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राई र सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटा उपस्थित थिए । यस्तै, प्रधानमन्त्रीका सल्लाहकार बिष्णु रिमाल, परराष्ट्रविद् राजन भट्टराई, सम्बन्धित विभागका महानिर्देशक, टेलिकम र काठमाडौं विकास प्राधिकरणका प्रमुख लगायत सहभागी थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...