प्रदिप पौडेल भन्छन्, ओलीज्यू उखान टुक्का सोच्दै अनिदो बस्नुहुँदो रहेछ

Pradip poudel

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आफ्नो अमूल्य समय विपक्षी पार्टीहरुको आलोचनामा खर्च नगर्न प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिएका छन् ।

बुधवार अर्घाखाँचीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य पौडेलले विपक्षी पार्टीहरुको आलोचनामा सबै समय खर्चेर कसरी समृद्ध नेपाल बन्छ भनी प्रधानमन्त्री ओलीलाई प्रश्न गरे ।

‘प्रधानमन्त्री ओली राति दुई बजे सम्म नसुतेर समृद्ध नेपाल बनाउने योजना बनाउनुहुन्न, उहाँ त भोलि कांग्रेसलाई कुन उखान टुक्काले घोचपोच गर्न सकिन्छ भनेर अनिदो बस्नुहुँदो रहेछ,’ पौडेलले भने ।

नेपाली कांग्रेसले अहिले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह नगर्ने हो भने देशमा अधिनायकवाद हावी हुने पौडेलको दाबी थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...