राप्रपाले तोक्यो २० विभागीय प्रमुख (नामावलीसहित)

Kamal thapa

काठमाडौं । तिन वटा राष्ट्रिय प्रजातन्त्र पार्टी एकता हुने चर्चा चलिरहेका बेला दुई वटा पार्टीहरु संगठन विस्तारमा लागेका छन् ।

पार्टी एकताको राप्रपा र राप्रपा (प्रजातान्त्रिक) ले नै वार्ता समिति बनाएको छ । पटकपटक भएको वार्तामा पार्टी एकताको आधार तय गर्ने निर्णय पनि गरेको छ । यही बेला दुवै राप्रपा संगठन विस्तारमा लागेका छन् ।

कमल थापाले नेतृत्व गरेको राप्रपाले बिहीबार मात्रै विभिन्न २० वटा विभाग तथा समितिमा प्रमुखको मनोनयन गरेको । यसको सूचना तथा प्रविधि विभागको प्रमुखको जिम्मेवारी भने पार्टी अध्यक्ष कमल थापा आफैंले लिएका छन् ।

यस्तो छ जिम्मेवारी
राजनीतिक विभाग : वुद्धिमान तामाङ

अनुशासन समिति : राजीव पराजुली

स्थानीय निकाय परिचालन विभाग : टंक ढकाल

पर्यटन विभाग : दिलविकास राजभण्डारी

संगठन विभाग : राजेन्द्र लिङदेन

पार्टीले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग : जयन्त चन्द

सम्पर्क समाज समन्वय विभाग : भाष्कर भद्रा

प्रशिक्षण विभाग : भुवन पाठक

न्यायिक समिति : कुन्ती शाही

आर्थिक विभाग : उद्धव पौडेल

संयोजित संगठन समन्वय विभाग : सुशील श्रेष्ठ

प्रचार विभाग : मोहन श्रेष्ठ

अनुसन्धान तथा योजना विभाग : डा. विष्णु भण्डारी

खेलकुद विभाग : उद्धव थापा

उद्योग प्रवर्द्धन विभाग : पुष्कर ढुंगेल

वाणिज्य क्षेत्र समन्वय विभाग : लक्ष्मीप्रसाद संग्रौला

अपांग हित सम्वर्द्धन विभाग : निना भेटवाल

प्रवास विभाग : विजय खड्का

कला साहित्य तथा संस्कृति विभाग : बेटी बज्राचार्य

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...