केसीका माग हुबहुँ पूरा हुँदैनन् : प्रचण्ड

Prachand

चितवन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जुम्लामा अनसनरत डा. गोविन्द केसीको माग हुबहुँ पूरा गर्न नसकिने बताएका छन् ।

‘प्रतिनिधिसभा सार्वभौम संस्था हो, त्यसलाई ‘डिक्टेक्ट’ गर्न मिल्दैन,’ बिहीबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग नेकपाका अध्यक्ष दाहालले भने, ‘यसले सार्वभौम जनता र लोकतान्त्रिक अभ्यासको अपमान हुन्छ, डा. केसीका माग हुबहु पूरा हुँदैनन् ।’

उनले माथेमा प्रतिवेदनमाथि सरकारले थपघट र परिमार्जन गर्न सक्ने बताए । अध्यक्ष दाहालले भने ‘प्रतिवेदन माथि थपघट र परिमार्जन गर्ने अधिकार सरकारले राख्छ भने त्यसको अन्तिम फैसला संसदले गर्छ ।’

उनले छलफलका लागि आएका चिकित्सक संघको टोलीलाई डा. केसीलाई काठमाडौंमा ल्याएर उपचार गरी वार्ता गराउन आफूले सुझाएको बताए ।

नेकपाका अध्यक्ष दाहालले प्रदेशको अस्थायी राजधानीलाई स्थायी बनाइने संकेत गरेका छन् । ‘प्रदेशको राजधानीलाई चलाएमा सबैतिर खैलाबैला हुन्छ, त्यसकारण अहिले कतै राजधानी फेरिहाल्ने पक्ष नेकपा छैन’ उनले भने ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...