'भद्र' र 'रुपसी' आज चीन जाँदै, प्रधानमन्त्रीले बिदाई गर्ने

Gaida china

काठमाडौ‌ । नेपालले चीनलाई उपहार दिन लागेको एक जोडी गैंडा आज चीन पठाउँदैछ । ‘भद्र’ र ‘रुपसी’ नाम गरेका यि केटोहरु चितवनबाट बुधबार नै काठमाडौं आएका छन् ।

चितवन निकुञ्ज प्रशासनले सम्पूर्ण तयारी पूरा गरी चीनलाई दिने एक जोडी गैंडा काठमाडौंमा ल्याएको हो ।

चीन सरकारलाई दुई जोडी गैंडा उपहार दिने सरकारको प्रतिबद्धताअनुसार बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले एक जोडी गैंडा ‘रुपसी र भद्र’ चिनियाँ राजदूत यू होङलाई हस्तान्तरण गर्दैछन् ।

वन मन्त्रालयले प्रधानमन्त्री ओलीबाट चीन सरकारलाई गैंडा हस्तान्तरणको कार्यक्रम तयारी पूरा गरेको राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिए । अर्को जोडी गैंडा भने चितवन राष्ट्रिय निकुञ्जमा विशेष खोर बनाएर राखिएको छ ।

निकुञ्जबाट नियन्त्रणमा लिएर तीन महिनादेखि खोरमा राखी गैंडाको बानी बेहोरा अध्ययन गरिएको थियो । चिनियाँ टोलीसहितको उपस्थितिमा गैंडाको निगरानी गरिएको थियो । चीन सरकारले हवाई मार्गबाट कार्गो विमानबाट गैंडा लैजाने तयारी गरेको छ । हवाई उड्डयनसम्बन्धी अन्तर्राष्ट्रिय नियमअनुसार गैंडाको खोर तयार गरेर काठमाडौं ल्याइएको छ । सोही खोर नै प्रधानमन्त्री ओलीले चिनियाँ राजदूत होङलाई हस्तान्तरण गर्नेछन् ।

पछिल्लोपटक सन् २००६ मा तत्कालीन युवराज पारसले अस्ट्रिया सरकारलाई एक जोडी गैंडा उपहार दिएका थिए । त्यसपछि एक दशकसम्म गैंडा कूटनीतिमा पूर्णविराम लागेको थियो ।

यसपछि तत्कालीन वनमन्त्री अग्नि सापकोटाको २९ पुस २०७२ को चीन भ्रमण क्रममा चिनिया ‘वनमन्त्री र चिनिया’ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीले आफ्नो मुलुकलाई गैंडा उपहार दिन आग्रह गरेका थिए ।

उनीहरूको आग्रह सुनेर फर्किएका मन्त्री सापकोटाले यसबारे मन्त्रिपरिषद्लाई जानकारी गराएका थिए । मन्त्रिपरिषद्ले दिन मिल्ने नमिल्नेबारे राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनहरूबारे अध्ययन गर्न वन प्रशासनलाई निर्देशन दिएको थियो । दिन मिल्ने निष्कर्ष आएपछि २६ असार २०७३ असारमा तत्कालीन सरकारले दुई जोडी गैंडा उत्तर छिमेकी चीनलाई दिने निर्णय ग¥यो ।

सरकारी निर्णयबारे चिनियाँ पक्षलाई जानकारी गराइएपछि चीनबाट विज्ञसहित सात सदस्यीय टोली नेपाल आएर चितवन पुगेको थियो । यहाँबाट लैजाने भनिएका ती गैंडालाई नयाँ वातावरणमा अनुकूल गराउन लैजानुअघि ६ महिना नेपालमै खोर बनाएर राख्ने दुई पक्षबीच सहमति भएको थियो । त्यतिबेला चिनियाँ टोलीको नेतृत्व वनस्पति तथा वन्यजन्तु ओसारपसारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (साइटिस) कार्यालयका उपनिर्देशकले गरेका थिए ।

नेपालले तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनलाई २०४४ वैशाखमा पहिलोपटक एक जोडी गैंडा उपहार दिएको थियो । यससँगै नेपालमा ‘गैंडा कूटनीति’ सुरु भएको हो । सरकारले सबैभन्दा धेरै गैंडा अमेरिकालाई दिएको छ । अमेरिकाका विभिन्न चिडियाखानालाई तीन जोडी गैंडा उपहार दिइएको थियो । चिडियाखानालाई प्रत्यक्ष रूपमा उपलब्ध गराउन नमिलेपछि सरकार–सरकारबीचको उपहारका रूपमा दिइएको हो ।

दक्षिण छिमेकी भारतलाई पनि दुई जोडी गैंडा दिइएको थियो। त्यसबापत सरकारले भारतबाट १८ वटा हात्ती ल्याएको थियो । ती हात्ती ल्याएपछि चितवनमा हात्ती प्रजनन केन्द्र स्थापना गरिएको थियो । यद्यपि त्यतिबेला भारतबाट ल्याइएका हात्ती स्वस्थ नभएको चर्चा भएको थियो ।

एक दशकअघि नेपालले नौवटा मुलुकलाई गैंडा उपहार दिएको थियो । विभिन्न राजनीतिक घटनाक्रमका कारण रोकिएको ‘गैंडा कूटनीति’ फेरि सुरु भएको हो । नेपाल र भारतमा मात्र पाइने एक सिङे गैंडा विश्वकै दुर्लभ वन्यजन्तु हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अप्रशोधित तथ्याङअनुसार २४ गैंडा उपहार र आदानप्रदानका नाममा दिइएको छ । अहिलेसम्म अमेरिकालाई ६, भारतलाई चार, अस्ट्रियालाई दुई, बेलायतलाई दुई, जापानलाई दुई, जर्मनीलाई दुई, पाकिस्तानलाई दुई, बर्मालाई दुई र थाइल्यान्डलाई दुई गैंडा दिइएको छ ।

पछिल्लो गणनाअनुसार नेपालमा ६४८ गैंडा छन् । तीमध्ये चितवनमा ६०५, बर्दियामा ३५ र शुक्लाफाँटा निकुञ्जमा आठ छन् । नेपाल र भारतमा गरी एक सिङे गैंडाको संख्या २ दुई हजार ५ सयको हाराहारीमा मात्र छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...