नेकपाको पारित भयो विधान, जनवर्गीय संगठन मिलाउन बाटो खुल्यो

Nepaka sachibalaya baithak

काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले विधान र कार्यविधी टुंगो लगाएको छ ।

बुधबार बालुवाटारमा बसेको बैठकले पार्टीको विधान र कार्यविधी टुंगो लगाएको हो । बैठकले नियमावली टुंगो लगाएपछि पार्टी सञ्चालनमा सहज हुने छ ।

पार्टीको विधान तथा नियमावली बनाउन महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरु बेदुराम भुसाल र देव गुरुङ तथा केन्द्रीय सदस्य खिमलाल देवकोटा सदस्य रहेको कार्यदल गठन गरिएको थियो ।

सो कार्यदलले तयार पारेको विधान र कार्यविधी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बुझाएको थियो । विधान र नियमावली अनुसार पार्टीका जनवर्गीय संगठन एकीकरण कार्ययोजना बनाएर एकीकरण प्रक्रिया सुरु गर्ने नेकपाले तयारी गरेको छ ।

अब अर्को बैठक बसेर विधान र नियमावलीअनुसार सबै पार्टी कमिटीहरुको र जनवर्गीय संगठनहरुको सांगठनिक एकीकरणको आवधिक कार्ययोजना बनाइने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । पार्टीका कमिटी र जनवर्गीय संगठनहरुको एकताको गृहकार्य गर्न कार्यदलस्तरमा छलफल हुँदै आएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...