संसदीय सुनुवाई समितिद्वारा उपसमिति गठन

Samsad

काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले कार्यविधि तय गर्नका लागि तीन सदस्यीय उपसमिति गठन गरेको छ । उपसमितिमा नेकपाका योगेश भट्टराई र शिवकुमार मण्डल केवट तथा नेपाली कांग्रेसकी पुष्पा भुसाल रहेका छन्।

मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई विशेष समितिको पहिलो बैठकले उपसमिति बनाउने निर्णय गरेको हो । उपसमितिलाई बुधबारसम्म कार्यविधि तय गर्ने कार्यादेश दिइएको समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए ।

संवैधानिक परिषदले समितिको सचिवालयमा प्रधानन्यायाधिश नियुक्त प्रक्रिया अघि बढाउन पत्राचार गरिसकेको छ । सोही पत्राचारलाई समेत ध्यानमा राखेर समितिको कार्यविधि तय गर्न उपसमिति गठन गरिएको पनि जेष्ठ सदस्य कर्णले बताए ।

१५ सदस्यीय संसदीय सुनुवाई विशेष समितिमा प्रतिनिधिसभाबाट अमृता थापामगर, निरुदेवी पाल, पार्वत गुरुङ, पुष्पा भुसाल, पूर्णाकुमारी सुवेदी, भिमसेनदास प्रधान, योगेश भट्टराई, राजेन्द्र श्रेष्ठ, लक्ष्मणलाल कर्ण, शिवकुमार मण्डल केवट, सुरेन्द्र पाण्डे र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् । त्यसैगरी राष्ट्रियसभाबाट समुन प्याकुरेल, नन्दा चपाईँ र जीतेन्द्र देव समितिमा रहेका छन् ।समितिले सभापतिको टुंगो पनि छिट्टै लगाउने कर्णले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...