उपकुलपतिमाथि प्रधानमन्त्रीले किन गरे बल प्रयोग ?

Kulprasad  koirala

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई विदेश भ्रमणमा जानबाट रोक्ने समय छँदाछँदै अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर प्रधानमन्त्रीले के सन्देश दिन खोजेका हुन् ? यो सर्वत्र चासोको विषय बनेको छ ।

विदेश भ्रमणको स्वीकृतिका लागि निवेदन दिएका उपकुलपति कोईरालामाथि प्रचलित पद्धति र कानुनसमेत उल्लंघन गरेर दुव्र्यवहार भएको खुलेको छ ।

नेपाल संस्कृत विश्वविद्यालय ऐनअनुसार भ्रमण स्वीकृतिका लागि नौ दिनअघि नै शिक्षा मन्त्रालयमा दिएको निवेदनलाई बेवास्ता गरी प्रधानमन्त्रीको ठाडो निर्देशनमा प्रहरीले शनिबार कोइरालालाई त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएर सिधै बालुवाटार पुर्‍याएको थियो ।

यो ऐनअनुसार उपकुलपतिलगायत पदाधिकारीले अनौपचारिक भेटघाटबाहेक कुनै पनि औपचारिक प्रस्ताव शिक्षा मन्त्रालयमार्फत पठाउनुपर्ने व्यवस्था छ ।

कोइरालाले ऐनअनुसारै भ्रमण स्वीकृतिपत्र अघि बढाएका हुन् । उनले असार १५ गते मन्त्रालयमा निवेदन दर्ता गरेको र त्यसको दर्ता नम्बर ७३३ रहेको बताएका छन् ।

‘अन्य विश्वविद्यालयका उपकुलपतिले पनि मन्त्रीको सचिवालयमा भ्रमण स्वीकृतिको निवेदन दर्ता गराउने चलन छ,’ शिक्षा मन्त्रालयका एक सहसचिवले भने, ‘उहाँले पनि त्यही प्रक्रियामा दर्ता गराउनुभएको हो, त्यसरी एयरपोर्टमा रोक्नु उचित भएन ।’

भ्रमणमा नजानु भनेर पहिल्यै रोक्न सकिने समय हुँदाहुँदै बल प्रयोग गरिएको ती सहसचिवले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...