ओलीले समाजवादको खिल्ली उडाए : केसी

Rajamo kc

घोराही । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समाजवादको मन्त्र जपेर सरकारले समाजवादकै उपहास गरेको बताएका छन् ।सोमबार घोराहीमा प्रगतिशील पत्रकार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले शिक्षा र स्वास्थ्य राज्यले जिम्मा लियोस् भन्ने जनचाहना विपरित सरकार शिक्षा र स्वाथ्यलाई अकुत नाफा कमाउने गरी निजी क्षेत्रलाई छाडा छोडेको केसीले बताए ।

उनले संविधानमा लेखिएको समाजवादउन्मुख व्यवस्थालाई ओली नेतृत्वको सरकारले ल्याएको बजेट तथा नीति कार्यक्रमले उपहास गरेको बताएका हुन् । उनले जनताले बर्तमान सरकारबाट परिवर्तनको अपेक्षा राखेको भएपनि सरकारका गतिविधि जनतालाई राहत दिन भन्दा पनि आहात पुर्याउन केन्द्रित रहेको आरोप लगाए । बर्तमान ओली सरकार बिगतका सरकार भन्दा आधारभुत रुपमा कुनै फरक नरहेको केसीको टिप्पणी छ ।

 दुई तिहाइको बलियो सरकारले सुसासन र भ्रष्टाचार नियन्त्रण गर्न नसकेर जनतामा निराशा थप्दै गएमा मुलुकमा पुनः राजतन्त्र ब्युँतने खतरा रहेको उनले औँल्याए। ‘जनताले सुसासन, भ्रष्टाचार नियन्त्रण होस् भन्ने चाहेका छन्, अरु जनताको ठुलो माग केही छैन, अझ त्यसमा पनि वलियो दुई तिहाइको सरकारले केही गर्न सकेन भने जनतामा ठुलो निराशा छाउँछ’ पुर्व उपप्रधान मन्त्री समेत रहेका केसीले भने, ‘यदि यस्तै अवस्था रहे मुलुकमा राजसँस्था ब्युतदैन वा अध्यारो सुरुङतर्फ देश लैजाने खेल हुँदैन भन्न सकिँदैन।’

अध्यक्ष केसीले संघीयता मुलुकका लागि ठिक होइन भन्ने दोहोर्याउँदै भने, ‘भित्रभित्रै ठुला पार्टीलाई संघीयता ठिक हैन भन्ने कुरा महसुस छ, तर ब्यवहारिक रुपमा त्यसो भन्न सकिराखेका छैनन्।’ संघीयताकै कारण गणतन्त्र र धर्म निरपेक्षता धरापमा पर्ने सम्भावना रहेको भन्दै संघीयतालाई मुलुकवाट बोकेर हिंडिरहेसम्म मुलुकले निकास नपाउने टिप्पणी गरे।

उनले संघीयताले मुलुकमा आर्थिक भार बढाएको उल्लेख गर्दै संघीयता मुलुककै लागि घातक रहेको दाबी गरे।उनले डा. गोविन्द केसीको अनशनप्रति ऐक्यवद्धता जनाउदै वर्तमान सरकारले ब्यवसायीहरुको माग अनुसारको चिकित्सा विधेयक ल्याउन खोजेको आरोप पनि लगाए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...