नेतृत्वले अलपत्र पारेको गच्छदारको आरोप, पार्टी छोड्ने चेतावनी

Bijayakumar gaxaydar

काठमाडौं । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पार्टी नेतृत्वले आफु र आफ्नो समूहलाई अलपत्र गरेको भन्दै एकता भंग गर्ने चेतावनी दिएका छन् ।

नेता गच्छदारले पार्टी एकीरकरणका बेला भएको सहमति कार्यान्वयन नभएको भन्दै पार्टी एकता भंग गर्ने चेतावनी दिएका हुन् ।

सोमबार काठमाडौंमा पार्टीका पूराना नेताहरुसँगको सामूहिक भेटमा उनले आफू लगायत तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका हजारौं नेता, कार्यकर्तालाई अपमान गर्ने काम गरेको भन्दै आक्रोश पनि व्यक्त गरे ।

उनले गुट र उपगुटमा विभाजित कांग्रेसले कम्युनिष्ट नेतृत्वको सरकारलाई सामना गर्न नसक्ने दावीसमेत गरे । नेता गच्छदारले पार्टी नेतृत्वले आफू र आफ्ना समर्थकलाई बिचल्लीमा पारेको आरोप पनि लगाए ।

गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम र कांग्रेसबीच गत असोज २१ गते पार्टी एकीकरण भएको थियो । नेता गच्छदारले पार्टी एकीकरणताका दुई पार्टीबीच भएको सहमति कार्यान्वयन नभएपछि आफू पार्टी एकता भंग गर्न बाध्य हुने अवस्थामा पुगेको पनि स्पष्ट पारे ।

उनले निर्वाचनमा पार्टी भित्रैबाट आफूलाई हराउन कोसिस गरिएको, पार्टी नेतृत्वले रामजनम चौधरीलाई पार्टीको केन्द्रिय सदस्य बनाउन समेत अस्विकार गरेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि पनि व्यक्त गरे । नेता गच्छदारले लोकतन्त्रलाई बलियो बनाउन आफू कांग्रेसमा आएपनि पार्टी नेतृत्वले त्यसको उचित कदर नगरेकोमा आफूलाई दुःख लागेको प्रतिक्रिया पनि दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...