कांग्रेसका पुराना नेताको आक्रोश : मण्डलेको चिन्हमा भोट हाल्न लगाउने ?

Nepali kangrasa

काठमाडौं । नेपाली कांग्रेसका पुराना नेताहरुले पार्टी नेतृत्वले अर्काको चुनाव चिन्हमा भोट हाल्न लगाएर आफ्नै खुट्टामा बञ्चरो हानेको आरोप लगाएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य डा. नारायण खड्काको पहलमा काठमाडौंको लैनचौरमा सोमबार आयोजित कांग्रेसका पुराना तथा अग्रज नेता एवम् पदाधिकारीहरुबीचको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनीहरुले नेतृत्वले पार्टी कार्यकर्तालाई खशीको मासु भाग लगाए जस्तो भाग लगाएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

पुराना नेता उत्तम नारायण श्रेष्ठले पार्टी नेतृत्वले कांग्रेसका कार्यकर्ताह?लाई अर्काको चुनाव चिन्हमा मतदान गर्न अह्राएको प्रति आक्रोश व्यक्त गरे । ‘नेपाली कांग्रेसलाई भोट दिँदै आएका हौं । तर नेपाली कांग्रेसले नै मण्डलेलाई भोट हाल भन्यो,’ उनले लौहपु?ष गणेशमान सिँहले भनेका कुरा सम्झिदै सभापति शेरबहादुर देउवातर्फ लक्षित गर्दै भने, ‘‘गणेशमानले भने झैँ ‘गु’ र ‘गोबर’ छुट्याउनुस् ।’

पार्टीका अर्का पुराना नेता ओमकार श्रेष्ठले पार्टी सुदृढीकरणका लागि पदाधिकारीलाई भागबण्डाको राजनीति अन्त्य गर्न सुझाव दिए । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेस पराजित भए पनि कमजोर भने नभएको उनको भनाई थियो ।

‘समूह–समूह बनाएर खसीको मासुझैँ भाग लगाउन छोड्नुस्। नेपाली कांग्रेस कमजोर छैन्, निर्वाचनमा प्रकृयागत हार–जीत त हुन्छ नै,’ विगत ६३ वर्षदेखि कांग्रेसमा सक्रिय नेता श्रेष्ठले भने, ‘संसदमा कांग्रेस सानो देखिएपनि देशमा ठूलो छ, सशक्त छ ।’

पूर्व सभामुख तारानाथ रानाभाटले पार्टीलाई बलियो बनाउन कार्यकर्ताका माझमा जान सुझाव दिए । ‘चुनाव हार्दैमा हतोत्साहित हुन जरुरी छैन् तर पदाधिकारीहरु संगठित हुन जरुरी छ,’ रानाभाटले भने, ‘केन्द्रीय कार्यसमितिमा रहेका नेताहरु जिल्ला–जिल्ला जानुस्, कसरी अगाडि बढ्नुपर्छ भन्ने सुझाव पाउनुहुन्छ ।’ पार्टीलाई बलियो बनाउन सवैले विधि–विधान अनुसार चल्नुपर्ने उनको भनाई थियो ।

पुराना नेताहरुले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको दम्भका कारण पार्टी अहिलेको अवस्थामा पुगेको टिप्पणी गरे । सभापति देउवा र वरिष्ठ नेता पौडेलमा रहेको दम्भ नहटे आगामी निर्वाचनमा कांग्रेसले अहिले जति पनि सिट नजित्ने उनहरुले ठोकुवा गरे ।

गोविन्दराज जोशीले भने, ‘सभापति र वरिष्ठ नेताकै दम्भका कारण पार्टीको यो गति भएको हो । दम्भ हटेन भने अर्को पटक २३ सिट पनि आउँदैन ।’

प्रतिकृया दिनुहोस