सम्पत्ति विवरण नबुझाउने २५ न्यायाधीशमाथि कारवाही

Nyaparisada

काठमाडौ‌ । तोकिएको समयमा सम्त्ति बिबरण नबुझाउने २५ जना न्यायधीशहरु कारवाहीमा परेका छन् ।

न्याय परिषद्ले ५ हजार रुपियाँका दरले १ लाख २५ हजार रुपियाँ जरिवाना तिराएको कानुन न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले जानकारी दिए ।

तोकिएको समयमा सम्पत्ति विवरण पेस नगर्ने ति २५ जना न्यायाधीशको नाम भने सार्वजनिक गर्न नमिल्ने कानुनमन्त्री तामाङले बताए । मन्त्री तामाङले न्यायाधीशमाथि गरिएको यो पहिलो कारबाही भएकाले नाम सार्वजनिक नगरिएको बताए। उनले अब कसैलाई छुट नदिइने पनि बताए ।

जरिवाना पर्नेमा १५ जना उच्च र १० जना जिल्ला अदालतका न्यायाधीश छन् । हरेक आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने प्राबधान छ ।

न्यायपरिषद् स्रोतसँग ती न्यायाधीशको नाम माग्दा सम्पत्ति विवरण बुझाए–नबुझाएकोबारे परिषद्लाई नै जानकारी नभएको प्रतिक्रिया प्राप्त भयो । न्याय परिषद्की प्रवक्ता निर्मला पौडेलले यस विषयमा जानकारी नभएको र निर्णय भएको भए वेवसाइड राखिनुपर्ने बताइन् ।

 

प्रतिकृया दिनुहोस