राजपाद्धारा तराईको बाढी र डुवान समाधान गर्न सरकारसँग माग

Rajapa

काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालले बाढि, पहिरो र डुबान पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

तीन दिनदेखि काठमाडौंमा जारी राजपाको बैठकले तराईलगायत देशका विभिन्न भागमा बाढि, पहिरो र डुबान भएकोमा गम्भिर चासो व्यक्त गर्दै पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको हो ।

बैठकले तराईका विभिन्न जिल्लामा बाढि र डुबानका कारण भत्किएका संरचना तत्काल बनाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराइएको नेता अनिलकुमार झाले जानकारी दिए । सरकारलाई समर्थन दिएको राष्ट्रिय जनता पार्टी, नेपालले संविधान संशोधन नभई सरकारमा सहभागी नहुने अडान जनाएको छ ।

राजपा पनि सरकारमा सहभागी हुने चर्चा चलिरहेकै बेला राजपाका नेताहरुले संविधान संशोधन नभएसम्म सरकारमा सहभागी हुन नसकिने बताएका हुन् । राजपा राजनीतिक समितिको सो बैठकमा पार्टीको आसन्न महाधिवेशनको तयारी, पार्टी संसदीय दलको नेता चयनलगायतका विषयमा छलफल केन्द्रित रहेको छ। बैठकमा सरकारका पछिल्ला काम कार्वाहीका बारेमा पनि नेताहरुले टिप्पणी गरेका छन् ।

यस्तै बैठकमा एउटै अध्यक्ष राख्ने र २ नं प्रदेशबाहेक अन्यत्र पनि संगठन बिस्तार गर्नेबारे छलफल भइरहेको नेता झाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...