किन गर्यो नयाँ शक्तिले ‘गण्डकी’ को विरोध ?

Bhatarai

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रदेश नं ४ को नामाकरण ‘गण्डकी’ राखिएकोमा विरोध गरेका छन् । ४ नं प्रदेश सभाले प्रदेशको नाम शुक्रबार मात्रै ‘गण्डकी’ राख्ने पारित गरेको थियो ।

भट्टराईले सामाजिक सञ्जालमार्फत गण्डकी नाम राखिएको असन्तुष्टि जनाउँदै जातीय पहिचानका आधारमा प्रदेशको नामाकरण हुनुपर्ने बताएका हुन् ।

भट्टराईको पार्टी नयाँ शक्ति नेपालले पनि विज्ञप्ति प्रकाशित गरेरै प्रदेश नं ४ को नाम ‘गण्डकी’ नामाकरण गरेकोमा विरोध गरेको छ ।

पार्टीका राष्ट्रिय मामिला सयन्त्र संयोजक हिसिला यमीद्वारा जारी विज्ञप्तिमा संविधानसभाले नेपालको संघीयताको आधार पाँच पहिचान र चार सामथ्र्यको आधारलाई पारित गरेको स्मरण गर्दै ४ नम्वर प्रदेशले संबिधानको मूल भावना बिपरित ‘गण्डकी’ प्रदेश नामाकरण गरेकोमा भत्र्सना गरिएको छ ।

विज्ञप्तिमा नेपालको बहुजातीय, बहु्भाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक बिविधतायुक्त बिशेषतालाई गण्डकी प्रदेशले आत्मसात गर्न नसकेको आरोप लगाइएको छ । 

प्रदेशसभामा नयाँ शक्तिका तर्फबाट भने ’तमवुान मगरात‘ वा ’तमवुान गण्डकी‘ प्रदेश नामाकरण गर्न प्रस्ताव गरिएको थियो । प्रदेश सभामा नयाँशक्तिका २ जना सांसद छन् ।
गण्डकी नामाकरणका लागि नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाले यसअघि नै सहमति जनाएका थिए भने नेकपाले हालै निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस