प्रधानमन्त्री ओलीले भने ‘गोविन्द केसीलाई कांग्रेसले उचाल्यो, कडा प्रतिवाद गरौं’

Oli prachanda 1

काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले विपक्षीको कडा प्रतिवाद गर्न पार्टीका नेताहरुलाई निर्देशन दिएका छन् ।

बिहीबार बालुवाटारमा बसेको नेकपा स्थायी समिति बैठकमा सरकारले राम्रो काम गरिरहँदा पनि प्रमुख विपक्षी कांग्रेस गोविन्द केसी प्रकरण र अन्य विषयलाई मुद्दा बनाएर हमलामा उत्रिएको भन्दै उनले कडा प्रतिवादमा उत्रिन निर्देशन दिएका हुन् ।

बैठकमा अध्यक्ष केपी ओलीले चीन भ्रमण उपलब्धिमूलक भएको भन्दै दुवै छिमेकी मुलुकसँग सम्बन्ध सुधार भएको ‘ब्रिफिङ’ गरेका गरेका छन्। बैठकमा दुई देशसँगको सम्बन्ध विस्तारपछि भ्रष्टाचार नियन्त्रण, सुशासन कायम गर्न तथा विकासलाई तीव्रता दिन सरकारले आवश्यक तयारी गरिरहेको उनले बताए ।

‘सरकारले अहिलेसम्म जति काम गरेको छ, राम्रै गरेको छ, अझ प्रभावकारी उपस्थितिका साथ विकासलाई अघि बढाउने तयारीमा छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘तर, सरकारले राम्रो काम गर्दागर्दै पनि चाहे गोविन्द केसी प्रकरणमा होस् या अरू विषयमा विपक्षीबाट आलोचना हुँदा पनि हामीले प्रतिवाद गर्न सकेनौँ, अब सबैले सरकारमाथिको हमलाको कडा प्रतिवाद गरौँ ।’

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको कामबारे अर्कोपटक छलफलका लागि छुट्टै बैठक बोलाइने बताए । ‘सरकारको काममा छुट्टै बैठक डाकेर छलफल गरौँला, सरकारले कसरी राम्रो गर्न सक्छ, प्रभावकारी उपस्थिति देखाउन सक्छ, सबैले त्यही बैठकमा सुझाब राख्नुहोला,’ प्रचण्डको भनाइ थियो । उनले बैठकमा आएका सुझाबका आधारमा केन्द्रीय सचिवालयले नियमावलीलाई अन्तिम रूप दिने जानकारी गराएका थिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...