महंगीविरुद्ध उत्रियो राष्ट्रिय युवा शक्ति

Rpp yuba

काठमाडौं । देशमा बढ्दै गएको महंगी, विकृति, विसंगती र भ्रष्टचारविरुद्ध एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को युवा संगठनले राजधानीमा विरोध प्रदर्शन गरेको छ ।

एराप्रपा (राष्ट्रवादी) को भातृसंगठन राष्ट्रिय युवा शक्तिले बिहीबार राजधानीको गोंगबु चोकमा मंहगी, बिकृती र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको हो । सो युवा शक्तिले सरकारले महंगी नियन्त्रण गर्न नसकेकोमा आक्रोस जनाउँदै खवरदारी पनि गरेको छ ।

सो खवरदारी सभामा एराप्रपा (राष्ट्रवादी)का कार्यबाहक अध्यक्ष गणेश शेरचनले सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाए । ‘गंगामाया अधिकारी र डा.गोविन्द केसीको मागलाई वेवास्था गर्नु सरकार निरंकुसतर्फ उन्मुख हुनु हो’ उनले भने, ‘सरकारले उहाँको जीवन बचाउने हो भने सही मागलाई सम्बोधन गर्न सक्नुपर्छ ।’

उनले सरकारको कामकाजमा देखिएको रवैयाका कारण युवा शक्ति सडकमा आउन बाध्य भएको बताए । शेरचनले ओली सरकारले काठमाडौंमा रेल कुदाउने कुरा गर्ने तर, जनताले सडकमा निर्धक्क भएर हिड्न पाउने अधिकार चाँही कुण्ठित गर्न खोजेको आरोप लगाए ।

सो खवरदारी सभामा पार्टीका उपाध्यक्षद्धय ऋषीवावु परियार, उपाध्यक्ष तारानाथ लुइँटेल, महामन्त्री श्याम तिमिल्सेना, युवा शक्तिका वरिष्ठ उपाध्यक्ष शिवप्रसाद खनाल, केन्द्रीय सदस्य तथा प्रदेश नं. ५ का प्रमुख विवेक सिलवाल लगायतले नेपालमा हिन्दु राष्ट्र र राजसंस्थाको स्थापनाको अर्काे विकल्प नभएको दावी गरे ।

युवा शक्तिका अध्यक्ष राजु लोहनीले सरकार अधिनायकबाद तर्फ उन्मुख भएकै कारण जनताले न्याय पाउनुको सट्टा झन पीडित बन्दै गएको बताए । उनले निरन्तर रुपमा युवा शक्तिले सरकारको खवरदारी गरिरहने जानकारी दिए । 

पछिल्लो समयमा देशमा अराजकता बढ्दै गएको र त्यसलाई रोक्न सरकार असफल हुँदै गइरहेकाले पार्टीका युवाहरु सरकारलाई खवरदारी गर्न थालेको पार्टीका सहप्रवक्ता जनकराज पाठकले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...