सरकार खुला द्वन्द्व निम्त्याउन खोज्दैछ : शर्मा

Sarma

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले खुला द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाएका छन् ।

पूर्ववर्ति देउवा सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गरेर सरकारले प्रतिपक्षीसँग निहुँ खोजेको भन्दै सरकारको निर्णयको कडा प्रतिवाद गर्ने शर्माले चेतावनी दिए ।

प्रवक्ता शर्माले अघिल्लो सरकारको निर्णय खारेज गर्ने सरकारको निर्णयले स्थापित कानुनी प्रक्रिया उलंघन गरेको आरोप लगाउँदै तत्काल सच्याउन पनि माग गरे । बुधबार राति अबेरसम्म बसेको मन्त्रीपरिषद बैठकले शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले भदौै १४ गतेपछि गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो ।

प्रवक्ता शर्माले सरकारको सो निर्णय स्थापित कानुनी मान्यता विपरित भएको दावी गर्दै तत्काल सच्याउन सरकारसँग माग गरेका हुन् ।

बिहिबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी उनले विधिलाई उलंघन गर्ने गरी सरकारले लिएको निर्णय प्रतिवाद गर्दै अघि बढने चेतावनी दिएका छन्। त्यसैगरी कांग्रेसले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जस्ताको तस्तै संसदमा पेश गर्न पनि सरकारलाई चेतावनी दिएको छ ।

प्रवक्ता शर्माले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन नगरे, संविधान बमोजिम सभामुख र उपसभामुख छुट्टाछुट्टै दलको हुने व्यवस्थाको परिपालना नगरे, अदालतको अपमान गर्नेलगायतका काम नसच्याए सरकारलाई चौतर्फी दवावको सामना गर्नुपर्ने चेतावनी पनि दिए ।

उनले सरकारले लोकतन्त्रको नाम लिएर स्टालिनवादीको धङधङीयुक्त व्यवहार प्रर्दशन गरेको आरोप लगाउँदै सैह्य नहुने चेतावनी समेत दिए । सरकार विधि अनुसार नचले आफुहरु हटाउनतर्फ लाग्नुपर्ने अवस्था आउने प्रवक्ता शर्माको भनाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...