सरकार तानाशाही बन्दै गयो : पशुपति शमशेर राणा

Pasupati samsera

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाले तानाशाही बन्दै गएको आरोप लगाएका छन् । उनले सरकार बहुमतको आडमा अधिनायकवादतर्फ उन्मुख रहेको बताएका हुन् ।

बिहिबार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष राणाले प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री कार्यालयमा शक्तिको केन्द्रिकरण गरिरहेको आरोप पनि लगाए।

अध्यक्ष राणाले गृहमन्त्री रामबहादुर थापाले वरिष्ठ चिकित्सक गोविन्द केसीलाई अधिनायकवादी भनेकोमा आपत्ति समेत जनाए। गृहमन्त्री थापाले बुधबार प्रतिनिधिसभा बैठकमा वरिष्ठ चिकित्सक केसीलाई अधिनायकवादीको आरोप लगाएका थिए।

गृहमन्त्री थापाको सो अभिव्यक्तिले सरकार तानाशाही भएको पुष्टि भएको अध्यक्ष राणाको तर्क छ। उनले जनताको पक्षमा समर्पणभावका साथ अघि बढ्ने वरिष्ठ चिकित्सक केसी कसरी अधिनायकवादी भए भनि सरकारलाई प्रश्न पनि गरे।

अध्यक्ष राणाले बालकृष्ण ढुंगेललाई सर्वोच्च अदालतको आदेश विपरित कैद सजाय मिनाहा गरेर सरकारले शक्ति पृथकीकरणको सिद्धान्तको पनि धज्जी उडाएको भन्दै असन्तुष्टि व्यक्त गरे।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...