संसदमै अनशन बस्ने कांग्रेस सांसद अमरेश कुमारकोे चेतावनी

Sansad umesha kumar

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले सरकारले लोकतन्त्र विरोधी चरित्र देखाएको भन्दै संसदमै अनशन बस्ने चेतावनी दिएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख सासंद सिंहले सरकार निरंकुश शैलीमा अघि बढेको तथा नागरिकलाई बोल्न पाउने नैसर्गिक अधिकारबाट समेत बञ्चित गराएको आरोप लगाए ।

सांसद सिंहले हिजो लोकतन्त्रका लागि बन्दुक पड्काउदै लडेको पार्टीले आज सरकारमा बसेर नागरिकलाई बोल्न पाउने अधिकारबाट बञ्चित गरेको आरोप लगाए।

उनले भने ‘के लोकतन्त्रको परिभाषा कहीँ कसैले भेला गर्न नपाउने? कसैले कुनै सरकारको विरोध गर्न पाउदैन?’ उनले हिटलर, स्टालिन, र माओको पालामा सवैभन्दा बढी हत्या भएको स्मरण गराउदै सरकारको कार्यशैली प्रति शंका व्यक्त गरे।

“जुन पार्टी आज सरकारमा छ, हिजो लोकतन्त्रका लागि लडिरहेको थियो, बन्दुक पड्काईरहेको थियो तर आज त्यही पार्टी आएर, त्यही व्यक्ति सरकार र मन्त्रीमा बसेर बोल्न पनि बन्देज लगाईरहेको छ।

यो कस्तो लोकतन्त्र हो? बाहिर हल्ला छ यो सरकार लोकतान्त्रिक प्रक्रियामा हिटलरको बाटोमा जाने? कि स्टलिनको बाटोमा जाने? कि माओको बाटामा जाने?’’

संसदमै अनशन बस्ने अबस्था श्रृजना नगर्न उनले सरकारलाई चेतावनी दिए। उनले डाक्टर केसीको माग पुरा गरि चिकित्सा शिक्षा अध्यादेशलाई यथास्थितिमानै संसदबाट पारित गराउन माग पनि गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...