ओलीलाई वैद्यको चेतावनीः धेरै दम्भ नदेखाउ

Mohan baidya

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य ‘किरण’ले प्रधानमन्त्री केपी शर्मा ओलीले राजा महाराजाको जस्तो दम्भ देखाएको आरोप लगाएका छन् । वैद्यले ओलीलाई यस्तो दम्भ नदेखाउन चेतावनी समेत दिएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव बैद्यले राजा, महाराजाको अवतारको रुपमा प्रधानमन्त्री ओलीले दम्भ देखाउने गरेको भन्दै त्यो धेरै दिन नटिक्ने बताए ।

उनले उत्पादन वृद्धि नगर्ने तर विकास र समृद्धिको नारा उराल्ने काम नगर्न पनि प्रधानमन्त्री ओलीलाई सचेत गराए ।महासचिव बैद्यले करिव १३ अरब व्यापार घाटा रहेको मुुलुकमा विकास र समृद्धिको नारा उराल्न प्रधानमन्त्री ओलीले नसुहाउने तर्क पनि गरे ।

महासचिव बैद्यले जनयुद्धका महान सहिदहरुको सपनामाथि गम्भिर आघात पारेको भन्दै पुष्पकमल दाहालको पनि चर्को आलोचना गरे । उनले सहिदको बलिदानीमाथि टेकेर पुष्पकमल दाहालले माओवादी पार्टी र जनयुद्धका उपलब्धिहरु नै तिलाञ्जली दिएको आरोप पनि लगाए ।

पुनगर्ठित नेकपा माओवादी केन्द्रका संयोजक गोपाल किँरातीले सबै समुदाय, महिला, पिछाडिएको वर्गलाई नेतृत्व गर्दै रुपान्तरित हुन जरुरी रहेको बताए ।

जनक्रान्तिका महान शहिद परिवार समाज नेपालका केन्द्रिय महासचिव कर्णजित बुढाथोकीले नेपालको कांग्रेस जीर्ण अवस्थामा रहेको र माक्सवादीहरुलाई लडाएर आफू कहिले पनि उम्कन नसक्ने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...