केही एजेण्डामै सीमित नेकपाको सचिवालय बैठक

Nepaka sachibalaya baithak

काठमाडौं । देशकै सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बुधबार बिहान सचिवालय बैठक बस्यो ।

सो बैठकले खासै केही निर्णय गर्न सकेन । मात्र बिहीबार बस्ने स्थायी समितिको बैठकका लागि केही एजेण्डा तय गरिदियो । सचिवालयले भोली विहीबार दिउँसो ३ बजे बस्ने स्थायी समितिको बैठकका लागि एजेण्डा तय गरिदिएको छ ।

ती मुख्य एजेण्डामा ‘प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, अहिलेको राजनीतिक विकासक्रम, सरकारका कामहरु र पार्टीको सांगठनिक एकताको सन्दर्भमा रिपोर्टिङ एउटा एजेन्डा हुने छ’, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘पार्टी संगठनको प्रस्तावित नियमावलीमा छलफल गरेर स्थायी समितिको सुझाब अर्को एजेन्डा हुने छ ।’

विहीबार बस्ने स्थायी समितिको बैठकको कार्यसूची तयार गर्न बैठक बसको थियो । सो स्थायीसमिति बैठकमा दुबै पार्टी अध्यक्षले रिपोर्टिङ गर्नेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...