राईमाथि जाइलाग्यो प्रहरी, विप्लवलाई आपत !

Padam rai biplav

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी वर्तमान सरकारका लागि सबैभन्दा सुरक्षाको चुनौती बनेको छ । त्यही भएर पनि पछिल्लो दिनमा प्रहरीले विप्लवका कार्यकर्ताको खोजी तीव्र बनाएको छ ।

पछिल्लो चरणमा विप्लव नेतृत्वको नेकपाका पोलिटव्यूरो सदस्य पदम राईसहित ४० जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये ७ जनाविरुद्ध सार्वजनिक अपराध मुद्दा चलाइएको छ ।

प्रहरीले पूर्वमन्त्री पदम राई, समूहका पोलिटब्यूरो सदस्य भरत बम, केन्द्रीय सदस्य रणसिंह पुन मगर, कानुनी सल्लाहकार ओमप्रकाश पाण्डे, काठमाडौं सेक्रेटरी धिरेन्द्र उपाध्याय, एकाराज राई र सिद्धान्त राईविरुद्ध मुद्दा चलाइएको छ ।

राईमाथि जाइलाग्यो प्रहरी
राई भोजपुरका पुराना माओवादी नेता हुन् । उनी आवास तथा भौतिक योजना राज्यमन्त्री पनि भएका थिए । त्यहीबेला उनी २०६४ को संविधानसभा निर्वाचनमा भोजपुर १ बाट सभासद भएका थिए ।राई माओवादीनिकट किरात राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष पनि भएका थिए ।

पूर्वमन्त्री पदम राईलाई यसअघि पनि पटकपटक प्रहरीले पक्राउ गर्दै आएको छ ।

उनलाई फागुन १६ मा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तको बाँसबारी स्थित निवासमा कालो झन्डा गाड्न गएका बेला प्रहरीले पक्राउ गरेको थियो । उनलाई फागुन १३ मा पनि मोरङको केराबारीबाट प्रहरीले पक्राउ गरेको थियो ।

त्यो बेला राईलाई जिल्ला अदालत भोजपुरको आदेशमा ६० हजार धरौटीमा रिहा गरेको थियो । उनलाई त्यतिबेला प्रदेश सभाका तत्कालिन उम्मेदवार तथा वर्तमान प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईमाथि बम आक्रमण गरेको आरोप लागेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...