गंगामायाको स्वास्थ्य गम्भिर, सरकारले नै छेक्यो दोषिमाथि कारबाहीको बाटो

Ganga maya

काठमाडौं । छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषिमाथि कारवाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनशनरत गंगामायाको स्वास्थ्य अवस्था बिग्रंदै गएको छ । तर, सरकारले दोषिमाथि कानुनी कारबाही गर्नुको सट्टा अदालती प्रकृयामा दोषिलाई उभ्याउने बाटो नै छेकिदिएको छ ।

द्वन्द्वकालमा कृष्णप्रसाद हत्याका अभियुक्त रुद्र आचार्यलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले चालेको कदमलाई परराष्ट्र मन्त्रालयले अडाएको तथ्य खुलेको हो । अभियुक्त आचार्य बेलायतमा रहेको भन्दै उनलाई पक्रन प्रहरी प्रधान कार्यालयले २०१४ जुनमा रेडकर्नर नोटिस जारी गरिसकेको थियो ।

त्यसलगत्तै बेलायती प्रहरीले विस्तृत जानकारी मागेपछि प्रहरी प्रधान कार्यालयले उनको विवरण गृह मन्त्रालय हुँदै परराष्ट्रमा पठाएको थियो । तर परराष्ट्रले उक्त महत्त्वपूर्ण सूचना बेलायत नपठाई लुकाएर राखेको छ ।

२०६१ जेठ २४ गते तत्कालीन माओवादी कार्यकर्ताले कृष्णप्रसादको हत्या गरेका थिए । कृष्णको हत्यामा संलग्न अभियुक्तमध्येका एक रुद्र आचार्यलाई अदालतले फरार अभियुक्तको सूचीमा राखेको छ ।

हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै कृष्णप्रसादकी आमा गंगामाया वीर अस्पतालमा आमरण अनशनरत छिन् । गंगामायाको स्वास्थ्य गम्भीर बन्दै गएको छ । गंगामायाका पतिको पनि अनशनरत रहेकै अवस्थामा चार वर्षअघि वीर अस्पतालमा ज्यान गएको थियो । उनको शब अझै उठ्न सकेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...