कांग्रेस हात्ती, कम्युनिस्ट बोका : प्रकाशमान

Prakashman s

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसलाई हात्ती र कम्युनिस्टलाई बोका भएको टिप्पणी गरेका छन् ।

मंगलबार नेपाली कांग्रेसले काठमाडौंमा गरेको सरकारको विरोधमा गरेको सभालाई संबोधन गर्दै उनले कम्युनिस्ट जतिसुकै ठूलो भए पनि कांग्रेसलाई भेट्न नसक्ने दावी गरे । ‘काङ्ग्रेस हात्ती हो कम्युनिस्ट बोका हो’ उनले भने ‘हात्ती दुब्लाउनु र बोका मोटाउनु एकै हुन्न ।’

उनले सरकारले दुई तिहाई बहुमतको भरमा जथाभावी गर्न लागेको भन्दै त्यसो नगर्न सचेत गराए । उनले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन समयमै बनाउन र विधिको शासन लागू गर्न र कर नबढाउन पनि सरकारलाई आग्रह गरेका छन् ।

सभामुख र उपसभामुख एउटै पार्टीको हुन नहुने संवैधानिक व्यवस्था भएकाले एकजनाले राजीनामा दिनुपर्ने सिंहको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...