कांग्रेस उत्रियो सरकारविरुद्ध, सबै जिल्लामा प्रदर्शन

Nepali congress pradarsan

काठमाडौं । सरकारविरुद्ध आक्रामक बनेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार देशभर विरोध प्रदर्शन गरेको छ ।

देशका अधिकांश जिल्लामा कांग्रेसले कार्यकर्तालाई सडकमा उतारेको हो । कांग्रेसले विरोध प्रदर्शनका क्रममा ओली सरकारको राज्य आतंक बन्द गर्नुपर्ने, महंगी नियन्त्रण गर्नुपर्ने लगायत माग गरेको छ । कांग्रेसले भ्रष्टाचार र कुशासनविरुद्ध पनि सडकमा उत्रिनुपरेको जनाएको छ ।

नेपाली कांग्रेसले धनकुटा, भोजपुर, कपिलबस्तु, सुनसरी, धादिङ, बाजुरा, लगायतका सबै जिल्लामा विरोध प्रदर्शन गरेको छ । प्रदशृनका क्रममा उनीहरुले सरकार विरोधी नाराबाजी पनि गरेका छन् ।

कांग्रेसले पोखराको पृथ्वी चोकमा सडक अवरुद्ध गरी विरोध सभा गरेको छ । त्यसक्रममा कांग्रेसले सरकारविरुद्ध चर्का नारा पनि लगाएका थिए । सदरमुकाम सिन्धुलीमाडीमा पनि विरोध जुलुस निकालेको छ ।

स्थित सहकर्मी दीपक आचार्यका अनुसार जिल्लामा शान्तिपूर्णरुपमा कांग्रेसको कार्यक्रम भइरहेको छ । कांग्रेसले सकारको विरोधमा गाउँ गाउँबाट कार्यकर्ता उतारेको छ ।

प्रदर्शनका क्रममा उनीहरुले ‘अधिनायकवादी ओली सरकार’ सहितको ब्यानरसहित सरकारविरुद्ध नाराबाजी पनि गरेका छन् । सो विरोध प्रदर्शनमा कांग्रेसले अधिकांस जिल्लामा गाउँ गाउँबाट कार्यकर्ता र सर्वसाधरण ओसारेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...