आज कांग्रेसले देशव्यापी सरकारविरुद्ध प्रदर्शन गर्ने

Congress

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर सरकारविरुद्ध प्रदर्शन गर्दैछ । सरकार सर्वसत्तावादको बाटोमा अघि बढेको भन्दै कांग्रेसले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागेको हो ।

सरकार लोकतान्त्रिक मूल्यमान्यता विपरीत अधिनायकवादको बाटोमा हिँडेकाले आज देशका सबै जिल्लामा खबरदारी सभा गर्न लागिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन्।

निषेधित क्षेत्र तोकेर नागरिक अधिकारको हनन गरेको, संसदमा सभामुख र उपसभामुख फरक दलका हुनुपर्नेमा एकै दलका रहेका, महँगी रोक्न प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको लगायतका आरोप कांग्रेसको छ।

सरकार अधिनायकवादतर्फ उन्मुख रहेको भन्दै कांग्रेसले पूर्वघोषित कार्यक्रम अनुसार सबै जिल्ला सदरमुकामहरुमा प्रदर्शन गर्दैछ । कांग्रेसले लोकतान्त्रिक मूल्य मान्यताको रक्षा, अधिनायकवादको विरोध र महंगी नियन्त्रणका एजेण्डा अघि सारेको छ ।

कांग्रेसका काठमाडौं जिल्ला सभापति सबुज बानियाँले काठमाडौंमा जुलुससहित प्रदर्शन गर्ने बताए । शान्तिबाटीकाबाट सुरु हुने जुलुस, भोटाहिटी, असन, विशालबजार, न्यूरोड हुँदै पुनः शान्तिवाटीकामा आएर कोणसभामा परिणत हुने छ ।

कोणसभालाई कांग्रेसका दोस्रो तहका नेताहरुले सम्बोधन गर्ने तयारी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...