अब सडक अवरुद्ध गरे ३ वर्ष कैद, गलत इलाजले ज्यान गए ज्यान मारे सरह सजाय

Yatayat

काठमाडौ‌ । अब सडक यातायात अवरुद्ध पार्नेलाई तीन वर्षसम्म कैद वा ३० हजार रुपैया जरिवाना हुने भएको छ । सरकारले भदौ १ गतेबाट लागु गर्न लागेको मुलुकी अपराघ (संहिता) ऐन, २०७४ मा यस्तो व्यवस्था गरिएको छ ।

ऐनको दफा ६७ मा यससम्बन्धी व्यवस्था गरिएको छ । ‘सार्वजनिक स्थानमा आवागमनमा बाधा गर्न नहुने’ भन्दै ‘कसैले सार्वजनिक सडक, बाटोघाटो, रज्जुमार्ग, केबुलकार मार्ग, विमानस्थल, रेल्वे वा जलपरिवहन मार्ग वा हुलाक र कुनै सार्वजनिक सेवाको सञ्चालनमा कुनै किसिमको डर, त्रास, भय देखाई बन्द गर्न निषेध गरिएको छ।

सो ऐनमा भनिएको छ–कुनै किसिमबाट सार्वजनिक सडक, बाटोघाटो, रज्जुमार्ग, केवलकार मार्ग, विमानस्थल, रेल्वे वा जलपरिवहन मार्ग अवरुद्ध गरी पैदल यात्री, सवारी साधन वा पशुको आगमनलाई बाधा पु¥याउन वा कानुन बमोजिम अधिकार प्राप्त अधिकारीको आदेशले बाहेक सार्वजनिक ठाउँमा कसैलाई प्रवेश गर्न कुनै किसिमले बाधा, अवरोध गर्नु हुँदैन।’

दफा ६८ मा कसैले सार्वजनिक विद्युत् वा दूरसञ्चार वा त्यस्तै प्रकृतिका अन्य सार्वजनिक सेवा वा कानुनबमोजिमको सार्वजनिक सेवा सञ्चालनमा कुनै किसिमको डर, त्रास, देखाई बन्द गर्ने वा कुनै किसिमले अवरुद्ध गरे पनि ३ वर्ष कैद वा ३० हजार रुपियाँसम्म जरिवाना हुनेछ । दफा ६९ मा कफ्र्यु उल्लंघन गर्न नहुने व्यवस्था छ । यसरी कफ्र्यु उल्लंघन गरे १ वर्षसम्म कैद वा १० हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।

सोही ऐनको दफा २३३ मा ‘बदनियत चिताई इलाज गर्न नहुने’ व्यवस्था गरिएको छ । ‘कसैले कसैको ज्यान मार्ने वा अंगभंग गर्ने नियतले उपचार गर्न, एक किसिमको इलाज गर्नुपर्नेमा अर्को किसिमको इलाज गर्न वा कुनै औषधि खुवाउँदा वा खान सिफारिस गर्दा कसैको ज्यान मर्न वा अंगभंग हुन सक्छ भन्ने जानीजानी वा सो थाहा पाउनुपर्ने मानसिव कारण भई त्यस्तो औषधि खुवाउन वा खान सिफारिस गर्न वा चिरफार गर्न वा मानव शरीरको कुनै एक अंगको चिरफार गर्नुपर्नेमा अर्को अंग चिरफार गर्न वा त्यस्तो अंग बेकम्मा बनाउन वा शरीरबाट त्यसलाई अलग गर्ने काम गर्न वा गराउन नहुने कुरा उल्लेख गरिएको छ।

यस्तो कसुर गरेर कसैको ज्यान गएमा ज्यान मारे सरह र कसैको अंगभंग भएमा अंगभंग गराए सरह कारबाही हुने उल्लेख छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...