तीन सरकारका महँगी र कर वृद्धिबाट जनतालाई हैरानीः राणा

Pashupati samser rana

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले तीनवटा सरकारको काम जनतालाई कर थोपर्ने र महंगी बढाएर हैरानी दिने मात्रै भएको आरोप लगाएका छन् । राणाले सरकारले जनतालाई थप पीडा दिने काम मात्रै गरेको बताए ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै २०४७ सालयताकै शक्तिशाली सरकार बनेपनि यसले आफ्नो अस्तित्व रहने गरी दायित्व बहन गर्न नसकेको राणाले आरोप लगाए ।

अध्यक्ष राणाले सरकार अधिनायकवादतर्फ उन्मुख रहेको दावी पनि गरे । उनले चर्को कर वृद्धि र महँगी विरुद्ध जनतालाई सडकमा उत्रन आह्वान पनि गरे ।

अध्यक्ष राणाले चर्को मूल्यवृद्धि, कर थोपरेर तीन वटै तहको सरकारले जनतालाई थप पीडा दिएपछि सरकारविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्नु परेको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले आगामी बुधबार महँगी नियन्त्रण गर्न माग गर्दै सरकारविरुद्ध काठमाडौंको माईतीघर मण्डलामा विरोध प्रर्दशन कार्यक्रम आयोजना गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...