राजेन्द्र महतो भन्छन्, संविधान संशोधन गर्न सरकारलाई समय दिन्छौं, नभए आन्दोलन

Rajendra mahato

काठमाडौं । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सरकारलाई दिएको समर्थन फिर्ता लिने अवस्था आईनसकेको बताएका छन् ।

महतोले केही दिन कुर्ने र त्यसो गर्दा पनि संविधान संशोधनलगायत आफूहरुको माग सम्बोधन नगरे सरकारबारे पुनर्विचार गर्न बाध्य हुने पनि पारे । 

सोमबार सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता महतोले सरकारका सबै कामकार्वाहीमा सन्तुष्ट हुन नसकेपनि आफूहरुको माग सम्बोधन गर्ने आशा भने रहेको पनि उल्लेख गरे ।

उनले संविधान संशोधन गर्ने आफूहरुको माग सम्बोधन गर्न सरकारले आलटाल गरे सरकारविरुद्ध सडक र सदन दुवै ठाउँबाट संघर्ष गर्न बाध्य हुने चेतावनी पनि दिए ।

नेता महतोले सरकारसँग दुई तिहाई रहेकाले संविधान संशोधन हुने विश्वास पनि व्यक्त गरे । सरकारले पार्टीका सांसद रेशमलाल चौंधरी लगायतका नेता, कार्यकर्तामाथि लगाइएको झुटा मुद्दा अझै फिर्ता नलिएकोमा नेता महतोको असन्तुष्टि छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...