‘गोपी’मा खगेन्द्रले सुरक्षासँगै वर्षासँग रोमान्स गर्ने

Gopi

काठमाडौं । ‘गोपी’ का अभिनेता खगेन्द्र लामिछानेले अब दुईवटी नायिकासँग रोमान्स गर्न पाउने भएका छन् । छायाङ्कनको तरखरमा रहेको फिल्म ‘गोपी’मा नायिकाका रुपमा वर्षा सिवाकोटी पनि जोडिएकी छिन् । अभिनेत्री सुरक्षा पन्त यसअघि नै फिल्ममा अनुबन्धित भइसकेकी छन् ।

‘गोपी’को पटकथाले अन्तिम रुप लिएसँगै वर्षालाई कास्ट गरिएको निर्देशक दीपेन्द्र लामाले बताए । फिल्मको घोषणा हुँदा खगेन्द्र र सुरक्षामात्र अनुबन्धित भएका थिए । निर्देशक दीपेन्द्रका अनुसार पटकथालाई सुहाउने भएकीले वर्षालाई लिइएको हो ।

दुई नायिका भए पनि यो त्रिकोणात्मक प्रेमकथा भने नरहेको उनी प्रष्ट्याउँछन् ।
खगेन्द्रले यसअघि वर्षासँग ‘पशुपति प्रसाद’ र सुरक्षासँग ‘धनपति’मा अभिनय गरिसकेका छन् । आफ्ना अघिल्ला नायिकाहरुसँग फेरि एकसाथ एउटै फिल्ममा काम गर्न पाउँदा खुसी लागेको खगेन्द्र बताउँछन् ।

आरोही केसी निर्माता, श्रीधर पौडेल कार्यकारी निर्माता रहेको ‘गोपी’को छायांकन आगामी भदौ १ गते काठमाडौंमा सुरु हुँदैछ । फिल्ममा निर्देशक दीपेन्द्रको कथा, सामिप्य तिमल्सिनाको पटकथा, शैलेन्द्र डि कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहनेछ । फिल्मलाई आगामी चैत १५ गते रिलिज गर्ने विषयमा वितरकसँग सहमति भएको कार्यकारी निर्माता श्रीधरले बताए ।

न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहने फिल्मका गीतहरु विप्लव प्रतीक र बुद्धिसागरले लेखेका छन् । कल्याणको संगीत रहेको गीत शिव परियारले गाएका छन् भने अरु दुई गीतका गायकगायिका टुंगो लाग्न बाँकी छ ।

वर्षा र सुरक्षाले भर्खरै रिलिज भएको फिल्म ‘भैरे’मा सँगै काम गरेका थिए । वर्षाको आगमनले फिल्ममा ग्ल्यामर थपिएनेसुरक्षाले महसुस गरेकी छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...