बर्षालाई पाउन अनुप र प्रशान्तको टकराव !

89614239jay shambhoo

सिंगल थिएटरलाई टार्गेट गर्दै चलचित्र ‘जय शम्भु’को ट्रेलर सार्वजनिक गरिएको छ ।

मल्टिप्लेक्समा पुग्ने दर्शक यो ट्रेलरबाट आकषिर्त हुन मुश्किल छ । अनुप विक्रम शाही र प्रशान्त ताम्राकारको टकरावमा यो चलचित्र बनेको ट्रेलरबाट पनि थाहा हुन्छ । नायिका बर्षा सिवाकोटीका लागि अनुप र प्रशान्तको टकराव यो चलचित्रमा देखिन्छ ।

एक्सन लभ स्टोरी कथामा निर्माण भएको यो चलचित्रलाई २ करोड भन्दा बढी बजेटमा निर्माण गरिएको छ । चलचित्रको एक्सनमा केही नयाँपन देखिन्छ भने कथावस्तु पुरानै शैलीमा तयार पारिएको प्रष्ट हुन्छ ।

रुपेश तामाङको निर्देशनमा तयार भएको यो चलचित्रका प्रस्तुतकर्ता दिनेश शाही हुन् । चलचित्रमा अरविन्द्रमान शाक्यको लगानी छ । चलचित्रमा हरि घलेको छायांकन, श्री श्रेष्ठको एक्सन, टंक बुढाथोकीको संगीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी छ ।

चलचित्रको ट्रेलरमा एक्सनले दर्शकलाई आकषिर्त गर्न सक्छ । अन्य पाटोमा भने चलचित्रमा नयाँपन देखिएको छैन ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...