डा. गोविन्द केसी हत्यारा हुन् : चौधरी

Screenshot  chaudhary

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद गंगा चौधरी सत्गौवाले डा. गोविन्द केसीमाथि ‘हत्यारा’को गम्भीर अभियोग लगाएकी छन् ।

आइतबार संसदमा चिकित्सा शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद चौधरीले डा. केसीको अनसनका कारण कैयौंको ज्यान गएको जिकिर गरिन् ।

डा. केसीको अनसनका क्रममा शिक्षण अस्पतालले भर्ना नलिँदा डा. दाङ देउखुरी लमही नगरपालिका १ का हेपाटाइटिसका विरामी गोविन्द चौधरीको मृत्यु भएको भन्दै भनिन्, ‘यो त एउटा उदारहण मात्र हो । यस्ता घटनाको जिम्मेवारी कसले लिन्छ ? नेपाली कांग्रेसले लिन्छ कि गोविन्द केसीले लिन्छन् ?’

सांसद चौधरीले अघि भनिन्, ‘डा. गोविन्द केसी हत्यारा हुन् । हत्यारालाई कारबाही गर्ने कि नगर्ने ?’ कांग्रेस सांसद डिला संग्रौलाले भने चौधरीको अभिव्यक्तिप्रति नियमापत्ति गरेकी छन् ।

सभामुखले ‘बोल्न दिनुस्’ भनेपछि सांसद चौधरीले सांगौंलामाथि नै खनिइन् ।

सभामुखले सोध्ने प्रश्न ‘कुन नियमले आपत्ति गर्दै हुनुहुन्छ ?’ आफैंले सोध्दै उनले भनिन्, ‘उहाँहरु (कांग्रेस)ले गर्न चाहेको चाहिँ ठीक, सरकारले गर्न चाहेको चाँहि बेठिक ? यो कुरा हेक्का राख्नुस्, तपाईहरुकै पालामा उब्जिएको समस्या हो ।’

कहाँ मेडिकल कलेज खोल्ने भन्ने प्रदेश सरकारले निर्णय गर्न पनाउनु पर्ने उनले बताइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...