नेपाली कांग्रेस अवरोधका कारण प्रदेश ५ को संसद स्थगित

5 p[radesh

बुटवल । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुको अवरोधका कारण प्रदेश ५ को संसद बैठक स्थगित भएको छ ।

आइतबार बैठकको सुरुमै बोल्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसकी संसदीय दलकी सचेतक निर्मला क्षेत्रीले सभामुख र उपसभामुख एउटै दलको हुन नहुने संबैधानिक व्यवस्था रहे पनि अहिलेसम्म एउटै दलको सभामुख र उप सभामुख रहेकोले मुख्यमन्त्रीले जवाफ नदिएसम्म संसद अवरोध गर्ने जानकारी गराएकी थिइन् । त्यसलगत्तै सभामुख पूर्ण घर्तीले सोमबारसम्मका लागि बैठकले स्थगित गरेका हुन् ।

कांग्रेस सांसद क्षेत्रीले बोलेपछि अन्य कांग्रेस सांसदहरु पनि उठेर बिरोध जनाएका थिए ।

प्रदेश सभाको आइतबारको बैठकमा मुख्यमन्त्री र मन्त्रीहरुको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसँग सम्बन्धित अर्थ, उद्योग तथा पर्यटन समितिको प्रतिवेदन, प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसँग सम्बन्धित अर्थ, उद्योग तथा पर्यटन समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची थियो ।

साथै प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसँग सम्बन्धित प्रदेश मामिला तथा कानून समितिको प्रतिवेदनमाथि छलफल गर्ने र आइतबारकै बैठकमा निर्णयार्थ पेश गर्ने कार्यसूची पनि थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...