कांग्रेसले डा. केसी र गंगामायाको पुच्छर समातेर वैतरणी पार गर्न खोज्यो

मजाक बनाएका काम गरेर देखाउने जिकिर

Kp oli

काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेससँग कुनै एजेन्डा नभएकाले ‘अधिनायकवाद आयो’ भन्दै हिँडेको आरोप प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले लगाएका छन् ।

प्रोगेसिभ इन्जिनियरिङ प्रोेफेसनल्स एसोसिएसन नेपाल र नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठनको एकता घोषणासभामा बोल्दै प्रधानमन्त्री ओलीले कांग्रेस डा. गोविन्द केसी र गंगामाया अधिकारीको पुच्छर समातेर वैतरणी पार गर्न खोजे झैं अघि बढेको आरोप लगाए ।

सरकारलाई बदनाम गर्न, मजाकमा उडाउन खोजिएको भन्दै उनले विरोधीहरुलाई सुध्रन आग्रह गरे । प्रधानमन्त्री ओलीले देशमा अब तुइनको अन्त्य भइ आँशु र दुःखका दिन सकिएको बताए । आगामी २ वर्षभित्र काठमाडौंका सबै सडक हेर्न लायक बनाउने प्रतिबद्धता पनि उनले जनाए ।

रेल ल्याउने, तुइन हटाउने कुरा गर्दा कागजको डुंगा बनाएर सरकारको मजाक उडाइएको भन्दै उनले यी सबै काम सरकारले फत्ते गरेर देखाउने जिकिर गरे । कार्यक्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले शासक मानसिकता भएकाहरुलाई कम्युनिस्ट एकता मन नपरेको टिप्पणी गरे ।

देशलाई आर्थिक विकासतिर लैजाने संकल्पलाई जनताले अनुमोदन गरेकाले आफूहरुलाई अघि बढ्न सहयोग गरेको उनको भनाइ थियो । प्रोगेसिभ इन्जिनियरिङ एसोसियसन नेपाल (पिन) एकता घोषणा भएको नेकपाको पहिलो संठगन हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...