ओली भन्छन्, मण्डलामा होहल्ला हुँदा श्रीमानले बहस सुन्न सक्नुहुन्न

Pm oli

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मजदुर आन्दोलनको महत्वपूर्ण भुमिका रहेको बताएका छन् ।

तत्कालिन एमाले र माओवादीका मजदुर संगठनहरू जिफन्ट र अन्टुफ केन्द्रीय संयोजन समितिद्वारा आयोजित केन्द्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले काँग्रेसको आकार घट्दै घट्दै माइतीघर मण्डला भन्दा बाहिर आमसभा गर्नै नसुहाउने अवस्थामा पगेको बताएका छन् ।

‘माइतीघरमा २ सय जना जती मान्छे अट्लान’ उनले भने, ‘त्यती भएपछि खचाखच मान्छे थिए भन्न पनि पाइयो ।’ माइतीघर मण्डलामा आन्दोलन गर्दा सर्वोच्च अदालतको दैनिक कामकाजलाई पनि बाधा पुग्ने उनको भनाई छ । ‘मण्डलामा आन्दोलन भएपछि त्यसको हो_हल्लाले श्रीमानले बहस सुन्न सक्नुहुन्न’ उनले भने, ‘यहीबाट धेरैतिर जाने बाटो छुट्ने हुनाले दुर्घटनाको खतरा पनि उतिकै छ ।’

लोकतन्त्र ल्याउनका लागि मजदुर आन्दोलनको महत्वपूर्ण भूमिको रहेको बताए । ‘आजको अवस्थामा आइपुग्न मजदुर आन्दोलनको भूमिका महत्वपूर्ण छ‘ उनले भने ‘त्यस कारण मजदुर आन्दोलनले मजदुरको जीवनमा धेरै फरक पारेको छ ।‘

सरकार भ्रष्टाचार नियन्त्रण र सबै प्रकारका सिण्डीकेट अन्त्यका लागि प्रतिवद्ध भएको र आगामी २ वर्षभित्र काठमाडौंका सडकलाई स्तरीय बनाइने पनि बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...