कांग्रेस सभापति भन्छन्, सरकार आफैँले आन्दोलनको निम्तो दियो

Ser bahadur dewa

गैडाकोट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार आफैंले आन्दोलनका लागि निम्तो दिएको बताएका छन् ।

कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन नेपाल डेमोक्र्याटिक लयर्स एसोसियसनको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रलाई सम्वोधन गर्दै देउवाले आन्दोलन कांग्रेसको रहर नभएको बताए ।

सरकारका एकपछि अर्का कदम र निर्णयले आन्दोलन गर्नु परेको उनले बताए । देउवाले भने, ‘मैले प्रधानमन्त्री केपी ओलीलाई पनि भेटेर भनेको छु, कन्र्फन्टेसनमा जाने हो कि मिलेर जाने ?’

कम्युनिष्टहरु स्वभावले नै प्रजातान्त्रिक हुन नसक्ने भन्दै उनले सरकार अधिनायकवादतर्फ जान खोजेको टिप्पणी गरे । ‘कम्युनिष्टहरुको सरकार अधिनायकवादतिर जान खोज्छ, प्रयास गरिरहेको छ’ सभापति देउवाले भने, ‘हामी त्यसलाई संविधान र कानुनमा टेकेर रोक्ने प्रयास गर्दैछौं ।’

उनले गएको संघ र प्रदेशको निर्वाचनमा कांग्रेस भित्रको अन्र्तघातका कारण पार्टी पराजित भएको बताए । ‘कम्युनिष्टहरु दुई पार्टी एक भए, हामी चभने दुई पार्टी झै भयौं’ देउवाले भने, ‘अन्तरघातका कारण २५ देखि ३० सिटसम्म हारेका छौं । हचुवाको भरमा भनेको हैन, तथ्याङकले त्यही वताउँछ ।’

अन्तरघातको रोग नहटेसम्म कांग्रेस पछाडि परिरहने उनले बताए । कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट अधिनायकवादसँग लड्न कांग्रेस बलियो र एकढिक्का हुनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...