राजपाको माग पूरा नभएको भन्दै सरकारसँग आक्रोसित

समर्थन फिर्ता लिएर सरकारविरुद्ध सडकमा निस्कने राजपाको तयारीमा

Rajapa

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सडकमा निस्कने तयारी गरेको छ । राजपाको माग पूरा नगरेको भन्दै सरकारसँग आक्रोसित भएको छ ।

राजपा अध्यक्ष मण्डलका सदस्यहरूले साउन ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी आफ्ना माग पुरा गर्न ध्याकर्षण गराएका थिए ।

प्रधानमन्त्रीलाई भेटेको १ हप्ता बितिसक्दा पनि कुनै वास्ता नगरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निष्कर्षमा राजपा पुगेको बताइएको छ । राजपाले सरकारमा जाने मानसिकता बनाएपनि प्रधानमन्त्री ओलीले कुनै वास्ता नगरेपछि नेताहरु आगो भएका छन् ।

प्रधानमन्त्री ओलीले संघीय समाजवादी फोरमको लागि मन्त्रालय फुटाउन तयार हुने तर आफूहरुलाई कुनै बेवास्ता गरेको भन्दै राजपाको नेताहरु आक्रेसित भएका छन् ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा बैठकमा गम्भीर छलफल हुने बताउँछन् । त्यस्तै राजपा महासचिव केशव झाले सरकारलाई दिएको समर्थन फिर्ता लिने वातावरण बन्दै गएको बताए ।

राजपाका नेताहरुले प्रधानमन्त्री ओलीसँग भेटर संविधान संशोधन र रेशम चौधरीलाई शपथ खुवाउनु पर्ने माग राखेका थिए ।

यसैगरी मधेस आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता हुनपर्ने, जेलमा रहेका राजपा कार्यकर्ताको रिहाइ हुनुपर्नेलगायत मुद्दा राजपाले अघि सारेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...