मानव तस्करी रोक्न मिलेर काम गर्न पोर्चुगलका अधिकारीसँग परराष्ट्रमन्त्रीको आग्रह

Pradeep gyawali

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालीलाई मानव तस्करको हातबाट बचाउन पोर्चुगलका उच्च अधिकारीहरुसँग मिलेर काम गर्न आग्रह गरेका छन् । युरोप भ्रमणमा रहेका परराष्ट्रमन्त्री ज्ञवालीले पोर्चुगलका अधिकारीहरुसँग यस्तो आग्रह गरेका हुन् ।

मानव तस्करहरुले सोझासाझा नेपालीहरुको गरिबी र अज्ञानताबाट फाइदा लिइरहेका भन्दै मन्त्री ज्ञवालीले नेपाल र पोर्चुगल मिलेर मानव तस्करी रोक्ने बताए । मानव तस्करी रोक्ने सरकारको प्रयासमा प्रवाससमा रहेका एनआरएनलगायत नेपाली संघ–संगठनले पनि खबरदारी गर्नुपर्ने उनको भनाइ छ ।

पोर्चुगलका समकक्षी अबस्टो सान्टोस सिल्भासँग बुधबार भेटबार्ता गरेका मन्त्री ज्ञवालीले नेपाल–पोर्चुगल परामर्श संयन्त्र सम्झौता पत्रमा हस्ताक्षर भएको समेत जानकारी दिए । मन्त्री ज्ञवालीले उनलाई नेपाल भ्रमणको निम्तो समेत दिएका छन् ।

युरोप भ्रमणमा रहेका मन्त्री ज्ञवालीले लक्जम्वर्गमा आइतबार शुरु हुने एनआरएनको युरोपेली बैठकको उदघाटन गर्दैछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...