कांग्रेसनिकट कानुन व्यवसायीको महाअधिवेशन गैंडाकोटमा सुरु हुँदै

Dla nepali congress

चितवन । नेपाली कांग्रेसनिकट कानुन व्यवसायीहरुको संगठन नेपाल डेमोक्याट्रिक्स लयर्स एशोसियसन (डिएलए) को १० औं राष्ट्रिय महाधिवेशन आजदेखि नवलपुरको गैंडाकोटमा शुरु हुँदैछ । महाधिशेनको कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उदघाटन गर्ने कार्यक्रम छ ।

 महाधिवेशनले ३ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । महाधिवेशनले डीएलएलाई पहिलोपटक प्रदेश संरचना लैजाने छ । आइतबार निर्वाचनमार्फत् नयाँ नेतृत्व चयन हुनेछ । प्रदेश संरचनामा जाने डीएलए कांग्रेसको पहिलो भातृ संगठन हुनेछ ।

महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, कोषाध्यक्ष एक–एक जना प्रदेश उपाध्यक्ष ७ जना, सचिव २ जना सदस्य २४ जना निर्वाचित हुनेछन् । महाधिवेशनमा १ हजार १ सय ३१ जनाले मताधिकार प्रयोग गर्नेछन् । वरिष्ठ अधिवक्ता कोमलप्रसाद घिमिरेको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । विधान संशोधन भएलगत्तै समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गर्नेछ ।

१४ गते बिहानसम्ममा नयाँ कार्यसमिति घोषणा गर्ने तयारी छ । अध्यक्षका लागि योगेन्द्रबहादुर अधिकारी, सिताराम केसी, रामप्रसाद पौडेल, रामकुमार श्रेष्ठ, केदार कार्की, प्रह्लादबहादुर कार्कीले आकांक्षा देखाएका छन् । डीएलएमा संस्थापन पक्ष कमजोर रहेकाले वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता सिटौंला प्यानलका बीचमा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

महाधिवेशनमा सहभागी हुन कांग्रेसका महामन्त्री शशांक कोइराला, पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, वरिष्ठ नेता रामचन्द्र पौडेल, डिएलएका पूर्वसभापतिहरु, नेपालबारका पूर्वअध्यक्षहरु, कांग्रेसका संघीय तथा प्रदेशका सांसद्, स्थानीय तहका प्रमुख, उपप्रमुख चितवन आइपुगेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...