शुक्रबारदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द; चिकित्सक संघ

Chikitsak 1

काठमाडौं । नेपाल चिकित्सक संघले शुक्रबारदेखि सबै सरकारी तथा निजी अस्पतालका साथै नर्सिङ होम र क्लिनिकहरुका आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा अनसन नतोडिउनजेल सम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

२७ दिनदेखि चिकित्सा शिक्षा क्षेत्रको सुधार माग गरेर अनशन बसेका प्रा.डा. गोविन्द केसीको मागमा सरकार गम्भिर नभएको भन्दै संघले उक्त निर्णय गरेको हो । साथै सरकार तथा सरोकारवालाहरुलाई यथासक्य चाँडो वार्ताका माध्यमबाट समस्या समाधान गर्न पनि संज्ञले आग्रह गरेको छ ।

डा. केसीले सरकारले संसदमा पेश गरेको मेडिकल शिक्षा सम्बन्धी विधेयक फिर्ता लिएर यसअघि केदारभक्त माथेमाको संयोजकत्वमा गठित समितिको प्रतिवेदनको आधारमा कानुन बनाउन माग गरेका छन् ।

सरकारले वार्ता टोली गठन गरेर डा. केसीका प्रतिनिधिसँग वार्ता गरेपनि मंगलबार रातिदेखि कुनै वार्ता भएको छैन । डा. केसीका प्रतिनिधि र टोलीबीच अनौपचारिक छलफलहरु भएपनि कुनै सहमति भएको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...