प्रदेश २ मा सबैलाई वंशजका आधारमा नागरिकता दिन प्रदेश सरकारको निर्देशन

Nagarikta1

काठमाडौ‌ । नागरिकता बितरणको अधिकार संघीय सरकारलाई हुन्छ, तर प्रदेश २ सरकारले प्रत्येक नागरिकलाई बंसजका आधारमा नागरिकता दिन आठवटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

जन्मसिद्ध नागरिकता पाउनेहरुका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन प्रदेश सरकारले आठ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर गरेको हो ।

प्रत्येक नागरिकलाई जन्मका आधारमा नागरिकता उपलव्ध गराउनुपर्ने पहिलो मधेर आन्दोलनको माग सम्बोधन गर्न अन्तरिम संविधान ०६३ मा संवैधानिक व्यवस्था गरी निश्चित समयावधिका लागि नागरिकता टोली खटाएर जन्मका आधारमा मधेशमा नागरिकता वितरण गरिएको थियो।

त्यतिवेला जन्मसिद्ध नागरिकता पाएकाको सन्तालनलाई वंशजका आधारमा नागरिकता दिन प्रदेश सरकारले निर्देशन दिएको हो ।

त्यतिवेल वितरण गरिएको नागरिकतामा अनियमितता भएको र भारतीयले पनि नागरिकता लिएको भनी विवाद भएको थियो।

दोहोरो नागरिकताको सवाल उठेपछि गृह मन्त्रालयले ०७४ चैत २० मा ७५ वटै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरेर जन्मसिद्ध नागरिकता वितरणमा कडाई गरेको थियो।

प्रदेश सरकारले नागरिकताका विषयमा कुनै पनि निर्णय गर्न नसक्ने अबस्था हुँदाहुँदै पनि प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले सोमबार प्रदेशका आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई नागरिकता वितरणमा सहजीकरण गर्न निर्देशन दिएका हुन्।

तर प्रमुख जिल्ला अधिकारीहरुले भने संघको निर्देशन नआएसम्म जन्मसिद्ध नागरिकता पाउनेका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन नसकिने बताएका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...