कानुनमन्त्री शेरबहादुर तामाङ बर्खास्त !

शेरबहादुर तामाङ

काठमाडौं । बंगलादेशमा अध्ययनरत नेपाली छात्राबारे आपत्तिजनक अभिव्यक्ति दिने कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङ पदमुक्त भएका छन् । नेपाली छात्राबारे आपत्तिजनक अभिव्यक्तिप्रति असन्तुष्ट प्रधानमन्त्री केपी शर्मा ओलले मन्त्री तामाङलाई पदमुक्त गरेका हुन् ।

पद त्याग गर्न पार्टीको निर्देशन आएसँगै तामाङले पत्रकार सम्मेलन गरी राजीनामा बुझाउने तयारी गरेका नेकपा स्रोतले बतायो । उनले दिउँसो २ बजे मन्त्रालयमा पत्रकार सम्मेलन गरी राजीनामा प्रक्रिया अघि बढाउँदैछन्।

ुप्रधानमन्त्री एवं पार्टी अध्यक्षले नेकपा अन्य नेताहरूसँग छलफल गरी सोमबार राति राजिनामा दिन निर्देशन दिनुभएको छु, नेकपा स्रोतले नेपालखबरसँग भन्यो । सोमबार राति बालुवाटारमा डा।गोविन्द केसीका मागबारे छलफल गर्न नेकपाका शीर्ष नेताको बैठक बसेको थियो ।

बैठकले कानुनमन्त्रीको अभिव्यक्तिले नेपाल–बंगलादेश सम्बन्धमा नकारात्मक असर पुर्याएको, सरकार र पार्टीको छवि धुमिल बनाएको निष्कर्ष निकाल्दै राजीनामा दिन निर्देशन दिएको स्रोतले बतायो ।

पार्टीकै महिला नेतृहरूले समेत मन्त्रीको अभिव्यक्तिप्रति अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई सम्पर्क गरी आपत्ति जनाएका थिए।

नेपालमा थप मेडिकल कलेज खोल्नपर्छ भन्ने आफ्नो मतलाई जबर्जस्ती पुष्टि गर्न मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टिफिकेट पाउन अस्मिता बेच्न बाध्य रहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । उनले चिकित्सा शिक्षा अध्ययनका लागि नेपालमा मेडिकल कलेज थोरै भएकाले सिट नपाइने र बंगलादेश जाने चेलीले शरीर सुम्पिएपछि मात्र सर्टिफिकेट पाउने स्थिति रहेको उल्लेख गरेका थिए ।

‘बंगलादेशमा हाम्रा छोरी÷चेलीहरु डाक्टर पढ्न जानुहुन्छ भने डाक्टरको सर्टिफिकेट लिनको लागि उसले कहीँ न कहीँ आफूलाई बेच्नैपर्छ । मैले सुनेको छु उनीहरुले त्यहाँ आफूलाई नसुम्पिकन सर्टिफिकेट प्राप्त गरिरहेको स्थिति छैन’, उनले भनेका थिए ।

बंगलादेशबाट चिकित्सक शिक्षा अध्ययन गरेका नेपाली महिला चिकित्सक र सर्वसाधारणले सरकारका जिम्मेवार मन्त्रीको सो अभिव्यक्ति खेदपूर्ण रहेको भन्दै राजीनामा माग गरेका थिए । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताले समेत कानुनमन्त्रीको अभिव्यक्तिको आलोचना गर्दै यसप्रति सरकार गम्भीर हुनुपर्ने उल्लेख गरेका थिए ।

नागरिक समाजका केही अगुवाले मन्त्री तामाङको भनाई उल्लेख गरी बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई इमेल लेख्दै जवाफ माग गर्न थालेपछि दुई देशबीचको सम्बन्धमै नराम्रो असर पर्ने स्थिति पैदा भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...