हत्याका आरोपी राज्यमन्त्री सिफारिस

Aviram sharma

काठमाडौ‌ । मधेश आन्दोलनका क्रममा घाइते प्रहरीलाई हवल्दारलाई एम्बुलेन्सबाट थुतेर हत्या गरेको आरोप लागेका अभिराम शर्मा प्रदेश २ को राज्यमन्त्री सिफारिस भएका छन् ।

राष्ट्रिय जनता पार्टी (राजपा) ले तीन हत्या अभियोगमा फरार अभियुक्त शर्मालाई प्रदेश २ को राज्यमन्त्री बनाउन मुख्यमन्त्री लालबाबु राउतसमक्ष सिफारिस गरेको हो ।

राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले उनलाई सामाजिक विकास राज्यमन्त्री नियुक्त गर्न सोमबार सिफारिस गरेका छन् ।

आन्दोलनका बेला जलेश्वरमा घाइते भएका हवल्दार थमन विकलाई उपचार गराउन प्रहरीले लैजाँदा गर्दा बाटामै रोकी एम्बुलेन्सबाट थुतेर हत्या गर्ने काममा शर्माको संलग्नता पुष्टि भएको भन्दै अदालतले उनलाई पक्राउ गर्न प्रहरीलाई आदेश गरेको थियो।

तर प्रहरीले उनलाई फरार रहेको भन्दै हालसम्म पक्राउ गरेको छैन । ‘प्रहरीका आँखामा फरार रहे पनि उनी मधेसमा खुलमखुला हिँडिरहेका थिए,’ राजपाका एक नेताले भने, ‘अब त मन्त्री नै हुने भए, कसले पक्रने ?’ उनी महोत्तरी ३ ९क० क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।

शर्माका साथै प्रदेश २ मा राजपाले उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा सुरेश मण्डल र भौतिक पूर्वाधार राज्यमन्त्रीमा डिम्पल झालाई पठाउने निर्णय गरेको छ । झा, राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाकी पत्नी हुन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...