नेकपाका युवा विद्यार्थीहरु भन्छन्ः सबै मेडिकल कलेजलाई राष्ट्रियकरण गरौं

Medical  n

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवा विद्यार्थी संगठनहरुले सबै निजी मेडिकल कलेजहरुलाई राष्ट्रियकरण गर्न सरकारसँग माग गरेका छन् । नेकपाका युवा संगठनहरु वाइसीएल र युवा संघ नेपाल तथा विद्यार्थी संगठनहरु अनेरास्ववियू र अखिल क्रान्तिकारीका अध्यक्षहरुले आइतबार विज्ञप्ति प्रकासित गरी निजी क्षेत्रबाट सञ्चालित सम्पुर्ण मेडिकल कलेजहरु अविलम्ब राष्ट्रियकरण गर्न वा गैर नाफामुखी ट्रष्टका रुपमा सञ्चालन गर्न माग गरेका छन् ।

नेकपा निकटकै व्यापारीहरुका मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि सरकारले माथेमा आयोगको प्रतिवेदन विपरित चिकित्सा शिक्षा विधेयक ल्याएको आरो लागिरहेका बेला सत्तारुढ दलकै भातृ संगठनहरुले यस्तो माग गरेका हुन् ।

विज्ञप्तिमा सबै प्रदेशमा राज्यका तर्फबाट सुविधासम्पन्न मेडिकल कलेज खोल्न पनि माग गरिएको छ । यस्तै, युवा विद्यार्थीहरुले स्वास्थ्य क्षेत्रमा देखिएका सबै समस्याहरु दिर्घकालिन ढंगले समाधान गर्न उच्चस्तरीय चिकित्सा शिक्षा आयोग गठन गरी काम सञ्चालन गर्न पनि माग गरेका छन् ।

उनीहरुले डा. गोविन्द केसीसँग वार्ता गरेर उनको जीवन रक्षा गर्न पनि सरकारलाई सुझाव दिएका छन् । विभिन्न प्रलोभनमा पारी मुलुक बाहिर विद्यार्थी बेच्न पल्किएका नाम, भाइब्रेन्ट जस्ता संस्थाहरुमाथि छानविन गरी कडा कारवाही गर्नुपर्नेमा युवा विद्यार्थीहरुले जोड दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...