प्रहरी दमन विरुद्ध सशक्त प्रतिकार गर्ने कांग्रेसको चेतावनी

Sherbahadurdeuba2

काठमाडौं । नेपाली कांग्रेसले शान्तिपुर्ण प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरेको भन्दै त्यसको सशक्त प्रतिकार गर्ने चेतावनी दिएको छ । कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई भेटेर प्रहरी दमनप्रति आपत्ति समेत प्रकट गरेका छन्।

भेटमा देउवाले शान्तिपूर्ण प्रदर्शनमाथि सरकारको दमनकारी व्यवहार रहे अझ कडा कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका थिए। शनिबार नयाँबानेश्वरमा तरुण दलको जुलुशमाथि प्रहरीले हस्तक्षेप गरेपछि कांग्रेस सभापति देउवाले सरकारले लोकतन्त्र विपरित चरित्र देखाएको भन्दै आपत्ति जनाएका छन्।

विरोध प्रदर्शन गर्न पाउने अधिकारमाथि वर्तमान सरकार खिलाफमा देखिनु लोकतन्त्र विरोध मानसिकता भएको देउवाले बताए। देउवाले आफ्नो नेतृत्वको सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश नै आजको समस्याको समाधान भएको भन्दै डा. गोविन्द केसीसँग तत्कालै वार्ता गरेर समस्या समाधान गर्न प्रधानमन्त्रीलाई आग्रह समेत गरेका थिए।

यदि सरकारले मनपरी ढंगले ल्याउन खोजेको विधेयक पुनः अघि बढाए संसद र सडक दुवै ठाउँबाट कडा प्रतिवाद गरिने चेतावनी पनि देउवाले दिएका छन्। अनशनरत डा. गोविन्द केसीको समर्थनमा तरुण दलले शनिबार गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको थियो।

त्यस क्रममा तरुण दलका अध्यक्ष जीतजंग बस्नेतसहित नेता कार्यकर्ताहरु घाइते भएका थिए। यसअघि नै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रहरी दमन विरुद्ध कांग्रेसले प्रतिकार गर्ने चेतावनी दिएका थिए। यस्तै, नेपाल तरुण दलले पनि ७७ वटै जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...